Like us!
Follow us!
Connect us!
Watch us!

विद्यार्थीले बनाए ११ हजारबढीको निर्वाचन परिचालन समिति

बुधबार, १५ कार्तिक २०७४, १५ : २५ मा प्रकाशित

विद्यार्थीले बनाए ११ हजारबढीको निर्वाचन परिचालन समिति

अर्थ संसार, काठमाडौँ–  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको आज बसेको संयुक्त बैठकले ११ हजार ११ सदस्यीय वाम विद्यार्थी परिचालन कमिटी गठन गरेको छ । 

दुवै संगठनबाट सन्तुलित प्रतिनिधित्व हुने गरी बनाइने सो कमिटीले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा देशभर वाम उम्मेदवारलाई जिताउन प्रचारप्रसार गर्ने अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिनुभयो । 

अनेरास्ववियुका अध्यक्ष नवीना लामा र अनेरास्ववियु ९क्रान्तिकारी०का अध्यक्ष रञ्जित तामाङको उपस्थितिमा भएको बैठकले मुलुकको आर्थिक विकास र सृमद्धिका लागि वाम उम्मेदवारलाई विजयी बनाउन दुवै संगठन क्रियाशील भई अगाडि बढने निर्णय गरेको छ । 

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीलाई जिताउन अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विजयी गराउन अनेरास्ववियुका अध्यक्ष नवीना लामालाई बैठकले जिम्मेवारी दिइएको छ । 

दुवै संगठनका आज साँझ हुने विशेष कार्यकर्ता भेलालाई वाम नेता शंकर पोखरेल र वर्षमान पुनले प्रशिक्षण समेत दिने कार्यक्रम छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको