Like us!
Follow us!
Connect us!
Watch us!

साथीहरूसँग ब्याट मागेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने नेपाली क्रिकेटर राजवंशीलाई भारतीय उद्यमी मित्तलले ब्याट उपहार दिने

अर्थ संसार

मंगलबार, २६ भदौ २०८०, १४ : ५४ मा प्रकाशित

साथीहरूसँग ब्याट मागेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने नेपाली क्रिकेटर राजवंशीलाई भारतीय उद्यमी मित्तलले ब्याट उपहार दिने

साथीहरूसँग ब्याट मागेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने गरेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी क्रिकेटर ललित राजवंशीलाई भारतीय उद्यमी अनुपम मित्तलले ब्याट उपहार दिने भएका छन् । 

मित्तलले सामाजिक सञ्जालमार्फत् राजवंशीलाई ब्याट उपहार दिने घाेषणा गरेका हुन् । उनले ललित राजवंशीलाई आफूसँग सम्पर्क गर्न आग्रह गरेका छन् ।  राजवंशीलाई ब्याट प्रायोजन गर्न पाए आफू खुसी हुने उनले बताएका छन् ।

हालै मात्र एक अन्तवार्तामा बाेल्दै ललित राजवंशी आफूसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न ब्याट नरहेकाे र अन्तर्राष्ट्रिय प्रतियोगितामा साथीहरूसँग ब्याट मागेर खेल्ने गरेकाे बताएका थिए । राजवंशीको उक्त भनाइलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आफ्नो ट्वीटर अकाउन्टमार्फत पनि सेयर गरेको थियो। 

भारतीय उद्यमी मित्तलले साे पोस्टमा राजवंशीलाई मौखिक सहयोगभन्दा पनि ब्याटको आवश्यकता भएको औल्याउँदै उनलाई ब्याट उपहार गर्ने लेखेका थिए।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको