Like us!
Follow us!
Connect us!
Watch us!

भारतले बनायो नयाँ कीर्तिमान, टी–२० विश्वकपको तेस्रो उपाधि जित्दै उपाधि रक्षा

अर्थ संसार

सोमबार, २५ फागुन २०८२, ०८ : ४५ मा प्रकाशित

भारतले बनायो नयाँ कीर्तिमान, टी–२० विश्वकपको तेस्रो उपाधि जित्दै उपाधि रक्षा

भारतले २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपको उपाधि जित्दै आफ्नो च्याम्पियन उपाधि जोगाएको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार भएको फाइनलमा भारतले न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै उपाधि हात पारेको हो।

यस जितसँगै भारतले टी–२० विश्वकपको तेस्रो उपाधि जित्दै प्रतियोगिताको इतिहासमा सबैभन्दा धेरै पटक च्याम्पियन बन्ने टोलीको कीर्तिमान बनाएको छ। यसअघि इंग्ल्याण्ड र वेस्ट इन्डिजले दुई–दुई पटक उपाधि जितेका छन्।

फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५५ रनको विशाल योगफल तयार पारेको थियो। भारतका लागि सञ्जु सैमसनले ८९ रनको उत्कृष्ट पारी खेलेका थिए भने अभिषेक शर्मा र इशान किशनले क्रमशः ५२ र ५४ रन बनाए।

२५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड दबाबमा परेपछि १९ ओभरमै १५९ रनमा समेटिएको थियो। न्युजिल्यान्डका लागि टिम सिफर्टले ५२ रन बनाए भने मिचेल सान्टनरले ४३ रनको योगदान दिए। ड्यारिल मिचेलले १७ रन बनाए पनि अन्य ब्याटर उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

न्युजिल्यान्ड यसअघि पनि टी–२० विश्वकपको फाइनल पुगेको थियो। सन् २०२१ मा भएको फाइनलमा उसले अस्ट्रेलियासँग हार व्यहोरेको थियो। यस पटक पनि उपाधि जित्ने प्रयास सफल हुन सकेन।

भारतका लागि भने यो जितले सन् २०२३ को एकदिवसीय विश्वकप फाइनलमा अस्ट्रेलियासँग भएको हारको स्मृति मेटाउने अवसरसमेत दिएको छ। त्यसयता भारतले २०२४ को टी–२० विश्वकप, २०२५ को च्याम्पियन्स ट्रफी र २०२६ को टी–२० विश्वकप गरी तीनवटै सीमित ओभरका प्रतियोगिता जित्न सफल भएको छ।

आईसीसीका समग्र पुरुष प्रतियोगिताको उपाधि सङ्ख्याको हिसाबले भने अस्ट्रेलिया अझै अगाडि रहेको छ। अस्ट्रेलियाले अहिलेसम्म १० वटा आईसीसी उपाधि जितिसकेको छ भने भारतको कुल उपाधि सङ्ख्या अब आठ पुगेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको