Like us!
Follow us!
Connect us!
Watch us!

सेनाको पेट्रोल पम्पमा डिजिटल भुक्तानी काउन्टर

अर्थ संसार

आइतबार, ३१ भदौ २०८०, १६ : ०१ मा प्रकाशित

सेनाको पेट्रोल पम्पमा डिजिटल भुक्तानी काउन्टर

हिमालयन बैङ्कले भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी  पेट्रोल पम्पमा डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । 

बैक र सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी  पेट्रोल स्टेसन बिच भएको सम्झौता अनुसार पेट्रोल स्टेसनमा आउने ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै उक्त काउन्टर सञ्चालनमा ल्याइएको हो । 

रिपुमर्दिनी  पेट्रोल स्टेसनमा स्थापना गरिएको सो काउन्टरमा ग्राहकहरूले विभिन्न बैकको मोबाइल बंैकिङ्ग एपमा रहेको नेपाल पे क्युआर तथा सबै बैकबाट जारी भएको एटिएम कार्ड मार्फत पीओएस मेसिनबाट सहजै भुक्तानी गर्न सक्नेछन् । 

बैकका तर्फबाट बैकका नायव प्रमुख कार्यकारी उज्ज्वल राज भण्डारी तथा सैनिक कल्याणकारी कोषको तर्फबाट कोषका सहायक रथि  किरण केसीले एक समारोह बिच बैक र कोषका अन्य उच्चपदस्थ कर्मचारीहरूको उपस्थितिमा उक्त डिजिटल भुक्तानी काउन्टरको संयुक्तरुपमा  उद्घाटन गरेका थिए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको