आइतबार सेयरबजार ३३.२ अङ्कले घट्दा नयाँ ब्रोकरले मौकाको फाइदा उठाउँदै आक्रामक खरिद गर्दा पूराना ब्रोकर भने सप्लाई साइडमा बसेका छन् ।
आज ब्रोकर ४५ बाट सर्वाधिक ११ करोड ४५ लाख ३७ हजार ८ सय १५ रुपैयाँ बराबरको सेयर बिक्री हुँदा ७ करोड ८४ लाख रुपैयाँ बराबरको मात्र खरिद भएको छ । त्यसैगरी ब्रोकर ५८ ले १० करोड ७९ लाख भन्दा बढीको सेयर बिक्री गर्दा ७ करोड २४ लाख हाराहारीमा खरिद गरेको छ । ब्रोकर ३४ बाट १० करोड ३० लाख भन्दा बढीको सेयर बिक्री हुँदा ४ करोड ८९ लाख बराबरको मात्रै खरिद भएको छ । ब्रोकर ३८ मार्फत ७ करोड ४६ लाख भन्दा बढीको सेयर बिक्री हुँदा ४ करोड ८३ लाख भन्दा बढीको खरिद भएको छ ।
पूराना ब्रोकरको खरिद बिक्रीबीचको फरक साढे ५ करोड आसपाससम्म रहँदा नयाँ ब्रोकरले भने आक्रामक खरिद गरेका छन् । ब्रोकर ६५ बाट मात्रै ७ करोडको सेयर खरिद हुँदा बिक्री भने करिब ८१ लाखको मात्रै भएको छ । ब्रोकर ६२ बाट पनि ५ करोड ८० लाख भन्दा बढीको सेयर खरिद हुँदा ३ करोड १४ लाखको बिक्री भएको छ ।
ब्रोकर ७४ मार्फत २ करोड २० लाख, ८१ मार्फत १ करोड ७२ लाख, ६४ मार्फत १ करोड ३६ लाख, ७७ मार्फत १ करोड २७ लाख, ८८ मार्फत ६९ लाख भन्दा बढीको खरिद हुँदा बिक्री भने नगण्य रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस