को हुन भूमी त्रिपाठी ?
आमा दुर्गादेवी र बुवा गंगादत्त त्रिपाठीबाट धादिङ जिल्लाको वेनिघाट रोराङ ३ स्थीत मलेखुमा २०२४ साल असार २३ गते जन्मेका भुमी प्रसाद त्रिपाठी २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रामा समाहित भएका हुन् ।
राजनीतिक यात्रासंगै उनले औपचारिक अध्यायनलाई समेत निरन्तरता दिई कानून विषयमा स्नातक तह र राजनीति शास्त्रमा स्नाकोत्तर पास गरेका छन् । हाल नेकपा एमाले धादिङका कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेका त्रिपाठी धादिङ निर्वाचन क्षेत्र नंं १ बाट नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठवन्धन तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार भएका छन् ।
के छन् उनका एजेन्डा ?
-
वि.सं. २०७२ साल वैशाख १२ गते महाभूकम्प गयो र हजारौै मानिसहरु घरवार विहिन भय भने सयौैं मानिसहरुको प्राण गयो । कयौं भूकम्प पिडित जनताहरु अहिले सम्म पनि टहरामा वस्न वाध्य छन् । यसवाट म अत्यन्तै दुखित छु त्यसकारण उनीहरुलाई सुरक्षित स्थानमा भूकम्प प्रतिरोधी आवास निमार्ण गर्ने काम मेरो पहिलो प्रथामिकता रहनेछ ।
-
अझैपनि केही परिवारहरुको लाभग्राहीमा नाम छुटेको छ । ती छुटेका परिवारहरुलाई पनि लाभग्राही सूचिमा सूचिकृत गरी पुनर्निमाणको महाअभियानमा समाहित गराउनेछु ।
-
सवै परिवारलाई स्वच्छ खानेपानी र पूर्ण सरसफाई युक्त क्षेत्र बनाउने काम मेरो कार्यकाल भित्र पुरा गर्नेछु ।
-
जनजीविकासंग जोडिएका आधारभूत आवश्यकताहरु खाद्य, आवास, शिक्षा, स्वास्थ्य, खानेपानी, विजुली र सडक सर्वसाधरणको पहुँचसम्म पुर्याउनेछु ।
-
संविधानले व्यवस्था गरेको भौलिक हकहरु कानून बनाएर न्यायमा सर्वसाधरणको पहुँचचसम्म पुर्याउने व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछु ।
-
विहान वेलुकाको खाद्यन्न परिपूर्ति मात्र नभई गरीवीका रेखामूनी रहेका मानिसहरुलाई सहज जीवनपायन गर्न सक्ने गरी कृषिको व्यावसायिकीकरण, स्वरोजगार सृर्जना, घरेल’ उद्योग प्रर्वधन गर्ने किसिमका योजना तर्जुमा तथा कार्यान्वयन गर्नेछु ।
-
निर्वाचन क्षेत्रस्तरीय सरकारी अस्पताल बनाउने पहल गर्नेछु ।
-
प्रत्येक वडास्तरमा स्वास्थ्य केन्द्र र प्रत्यक गांउँमा स्वास्थ्य केन्द्र बनाउनेछु ।
-
न्यून वर्गिय किसान तथा चेपाङ समुदाय जो विकासको मूलप्रवाहवाट वाहिर रहेका छन् उनीहरुलाई विकासको मूलप्रवाहमा ल्याउन सहभातिामूलक योजना तर्जूमा गरि कार्यान्वयन गर्नेछु ।
-
धादिङ निर्वाचन क्षेत्र नं. १ को अधिकांस भूभाग पृथ्वीराजमार्ग आसपास पर्ने भएकाले यहाँ किसानहरु तरकारी तथा फलफूल खेती गर्दै आएकाछन् । त्यसका लागि व्यावसायिकिकरण गर्न आधुनिक कृषि औजार, मल, वीउ र नगद अनुदान दिएर कृषिको औद्योगिकरण गर्ने र सवै परिवारको आर्थिक सम्वृद्धि गर्न’ मेरो मूख्य भूमिका हुनेछ ।
-
धादिङवाट उत्पादन हुने खाद्य, फलफूल तथा तरकारी अर्गानिक उत्पादन गरि काठमाडौं, पोखरा सहितका छिमेकी ठूला शहरहरुमा विक्री गर्न खानीखोला धार्के महादेववेशी सिम्ले, वैरेनी, आदमघाट, घाटवेशी, गजुरी, मलेख’, रिचोकटार, सलाङघाट, वेनीघाट, चरौदी मझिमटार, जवाङखोला लगायतका सडकस्थलमा र उत्पादनको हिसावले अन्य स्थानमा समेत संकलन केन्द्र र उत्पादन बढी गर्ने स्थानमा शितभण्डार समेत निमार्ण गर्ने व्यवस्था मिलाउनेछु ।
-
पृथ्वीराजमार्ग भएर अहिलेपनि आन्तरिक तथा बाह्रय पर्यटक आवतजावत गर्छन । धादिङ जिल्ला पनि विभिन्न पर्यटकिय प्रचुर संभावना वोकेको जिल्ला हो । उनीहरुलाई महाभारत लेक तोप्लाङ, वैकुण्ठ कान्द्राङ गदी हुँदैं जोगिमारासम्मको पदयात्रा, छत्रेदेउराली, गुप्तेश्वर हुदैं सिद्धलेकको ढेवालेकसम्म र त्यसको वरीपरी पदमार्ग निमार्ण गर्ने र ठाँउठाउमा होम स्टे निमार्ण तथा सञ्चालन गर्ने व्यवस्था मिलाउनेछु ।
-
निजी तथा व्यावसायिक गाडीमा सवार गर्ने पर्यटकहरुका लागि पाँचतारे होटल स्तरका रेष्टुरेष्ट तथा पार्क निमार्ण गर्ने र परम्परागत माछाको लागि विश्वमै प्रख्यात मलेखुको माछा बजार व्यवस्थित र प्रर्वद्धन गर्न स्थानीय स्तरमा पाछापालन व्यवसाय विस्तार गरिने छ । र होटल सञ्चालकलाई व्यवस्थापन गर्न होटल मजदुहरुको लागि तालिम अनिर्वाय गरिने छ ।
-
त्रिशूली नदी हाम्रो सम्पदा हो । त्यसको संरक्षण र प्रर्वद्धन गरेर आर्यआर्जजन गर्न जलयात्रा गर्ने व्यवस्थाका लागि प्राकृतिक प्रकोप बाढी बाहेकको समय त्रिशूलीलाई प्राकृतिक रुपमा स्वच्छ र निर्मूल तवरले बग्न दिने व्यवस्था मिलाउनेछु ।
-
जमिनको वर्गिकरण गरि कृषि, वन, औद्योगिक, वजार क्षेत्र निर्धारण गर्ने काम प्राथमिकताका साथ अघि बढाउनेछु । जसबाट उद्योगी व्यावसायीलाई प्रत्यक्ष लाभ पुग्ने छ . राजमार्ग क्षेत्रमा सञ्चालनमा रहेका रोडा ढुंगा र क्रसर उद्योग तथा वालुवा खानी र फिरफिरेलाई निश्चित स्थान तोकी आधुनिक प्रविधिको प्रयोग गराई वातावरण मैत्री बनाउने व्यवस्था मिलाउनेछु ।
-
राजमार्ग क्षेत्रमा सञ्चालित उद्योगहरु उचित तरिकाले व्यवस्थापन गर्ने कार्ययोजना बनाउनेछु ।
-
राष्ट्रिय गौरवको आयोजना वुढिगन्डकी जलविद्युत आयोजना धादिङ सम्वृद्धिको ढोका हो । यस आयोजना निमार्णको लागि मुअव्जा निर्धाराण भएका हकमा २ वर्ष भित्र मुआव्जा वितरण र मुआव्जा निर्धारण हुन वाँकी क्षेत्रको मुआव्जा ६ महिना भित्र निर्धारण गरिने छ ।
-
धादिङ र गारेखाका प्रत्येक जनताले सेयर हाल्न पाउने व्यवस्थाका लागि पहल गर्ने छु । ओजनाबाट विस्थापितहरुको वसोवासको लागि आयोजनाको चक्रपथ भित्रै व्यवस्था मिलाउने र एकिकृत वस्ती विकास कार्यक्रम अघि बढाउनेछु ।
-
छिमेकी मित्र राष्ट्र चीन र भारत जोड्ने मध्यको छोटो बाटो रसुवागढी गल्छी–मलेख’ भण्डारा देखी ठोरी सम्मको सडक निमार्ण कार्य ५ स्थानवाट निमार्ण कार्य शरु गर्ने र चीनको केरुङ–पोखरा–लुम्वीनी रेलवे निर्माण कार्यमा रणनीतिक सहयोग समेत पुर्याउनेछु ।
-
देशको वर्तमान आवश्यकताले कम्युनिष्ट पार्टीहरु वीच गठनन्धन भएको छ । यो कुनै तवरले पनी कांग्रेसीहरुले भनेजस्ता अप्राकृतिक गठवन्धन हुदै होइन । कम्युनिष्टहरु एक ठाँउमा हुँदा कांगे्रस कमजोर हुने र अन्ततः पतनै भएर जाने भएकाले अपवित्र गठवन्धन भनेका हुन ।
-
नेपालको संविधानको कार्यान्वय, देश र जनताको सम्वृद्धिका लागि कम्युनिष्टहरुले गठवन्धन गरेको हो । त्यसैले समग्र धादिङ जिल्ला , देश र जनताको सम्वृद्धिमा सहयोग गर्न धादिङ जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ वाट सदस्य पदमा वाम गठवन्धनको तर्फवाट मेरो उम्मेदवारी भएको आम मतदाता समक्ष अपील गर्दछु ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस