विश्व लगानीकर्ता सप्ताहको अवसरमा नयाँ ब्रोकर कम्पनीहरुले शनीबार राजधानीमा प्रभातफेरि आयोजना गरेका छन् ।
प्रभातफेरिको धितोपत्र बोर्डका अध्यक्ष अध्यक्ष रमेशकुमार हमालले शुभारम्भ गरे । भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरि शहीदगेट हुँदै न्युरोड—वसन्तुपुर पुगेर समापन भएको थियो । लगानीकर्ताको लचकता, वित्तीय औजार, दिगो वित्त र लगानीको आधार भन्ने नारासहित यस पटक विश्व लगानीकर्ता सप्ताह मनाइँदै छ । बोर्डले यस अवसरमा देशभर नै सचेतनामुलक कार्यक्रम र प्रशिक्षण कार्यक्रमको आयोजना गर्दै आएको छ ।
प्रभातफेरिमा इन्दिरा सेक्युरिटी, मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब, रोडशो सेक्युरिटी, सजिलो ब्रोकर, इन्फिनिटी सेक्युरिटी, एनएमबि सेक्युरिटीज, सिबिआइएल सेक्युरिटिज, एलिट स्टक ब्रोकर, आकाश भैरव सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, मेगा सेक्युरिटिज, पाही इन्भेष्टमेन्ट, इन्डेक्स सेक्युरिटिज, मनी वल्र्ड सेयर एक्स्चेन्ज, हातेमालो फाइनान्सियल सेक्युरिटिज, प्रोपर्टी विजार्ड, मियो सेक्युरिटिज, सेयर प्रो, सन सेक्युरिटिज, क्यापिटल म्याक्स, हिमालयन ब्रोकरेज कम्पनी, भोले गणेश सेक्युरिटिज लगायतका ब्रोकर कम्पनीहरुको सहभागिता थियो ।
प्रभातफेरि समापनका अबसरमा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नयाँ पुराना सबै ब्रोकर कम्पनीहरुले सकारात्मक सोच र सहकार्यका माध्यमबाट धितोपत्र बजार विस्तारमा लाग्नु पर्ने बताए । यस्तै सिडिएस एण्ड क्लियरिंग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले सेयर बजार विस्तारमा धितोपत्र दलाल ब्यवसायीको महत्वपूर्ण भूमिका हुने बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस