गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२३ अन्तर्गत सप्ताहव्यापी कार्यक्रमहरु सम्पन्न गरेको छ। गरिमा क्यापिटलले विश्व लगानीकर्ता सप्ताह-२०२३को अभियान अन्तर्गत सप्ताहव्यापी पूंजी बजार साक्षरता कार्यक्रम र विभिन्न अन्तरक्रिया कार्यक्रमहरु गरी सम्पन्न गरेको छ ।
यस अन्तर्गत क्यापिटलले लगानीकर्ता सप्ताहको अवसरमा लगानीकर्ता तथा सर्वसाधारणहरुलाई सुचित गराउने उद्देश्यले तपसिल बमोजिमका सप्ताह व्यापी कार्यक्रमहरु सम्पन्न गरेको छ ।
विश्व लगानी कर्ता सप्ताह -२०२३ एक हप्ते लामो आई।ओ।एस सिओद्धारा प्रर्द्धन गरिएको विश्व व्यापी अभियान हो । यसले लगानीकर्ताहरुलाई पूँजी बजारसँग सम्बन्धीत जानकारीहरु तथा महत्वको बारेमा चेतना जगाउने कार्य गर्दछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस