Like us!
Follow us!
Connect us!
Watch us!

हाथवे र मान्डु हाइड्रोको अधिकतम मूल्यमा खुल्यो कारोबार

अर्थ संसार

बुधबार, २४ असोज २०८०, ११ : २० मा प्रकाशित

हाथवे र मान्डु हाइड्रोको अधिकतम मूल्यमा खुल्यो कारोबार

नेप्सेमा मङ्गलबार सूचीकृत भएका हाथवे र मान्डु हाइड्रोको नेप्सेले दिएको ओपनिङ रेञ्जको अधिकतम मूल्यमा कारोबार खुलेको छ ।

बुधबार स्पेशल प्रिओपन सेसनमा हाथवेको २८५.२० रुपैयाँ र मान्डुको ३७३.२० रुपैयाँमा किनबेच शुरु भएको हो । नेप्सेले हाथवे इन्भेस्टमेन्टलाई न्यूनतम ९५.०९ रुपैयाँदेखि अधिकतममा रु. २८५.२७ रुपैयाँसम्म ओपनिङ रेञ्ज दिएको थियो भने मान्डु हाइड्रोले न्यूनतम १२४.४२ रुपैयाँदेखि अधिकतममा ३७३.२६ रुपैयाँ रेञ्ज पाएको थियो ।

नेप्सेमा माण्डु हाईड्रोपावर लिमिटेडको एक सय रुपैयाँ चुक्ता मूल्य रहेको एक करोड ३६ लाख ३६ हजार तान सय ७० कित्ता साधारण शेयर सूचीकरण भएको छ । उक्त कम्पनीको सेयर नेप्सेमा MANDU सिम्बोलमार्फत खरिदबिक्री हुँदैछ ।

यसैगरी हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको ५० रुपैयाँ चुक्ता मूल्य रहेको दुई करोड ३४ लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । उक्त कम्पनीको सेयर नेप्सेमा HATHY सिम्बोलमार्फत खरिदबिक्री हुँदैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको