बिहीबार स्पेशल प्रीओपनमा चिरख्वा हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी र भिजन लुम्बिनी उर्जाको पहिलो कारोबार भएको छ ।
चिरख्वा हाइड्रोपावरको पहिलो कारोबार प्रति कित्ता तीन सय रुपैयाँमा भएको हो । नेप्सेले दिएको ओपनिङ रेञ्जको उच्चतम् मूल्य ३००.०३ रुपैयाँमा नै कम्पनीको कारोबार खुलेको हो । नेप्सेले यस कम्पनीको पहिलो कारोबारको लागि १००.०१ रुपैयाँ देखि ३००.०३ रुपैयाँसम्मको ओपनिङ्ग रेन्ज तोकेको थियो ।
यसैगरी नेपाल वेयरहाउजिङ कम्पनीको पहिलो कारोबार प्रति कित्ता दुई सय ८ रुपैयाँ ८० पैसामा भएको छ । नेप्सेले दिएको ओपनिङ रेञ्जको उच्चतम् मूल्य २७९.१२ भए पनि माथिल्लो रेञ्ज भन्दा ७० रुपैयाँ भन्दा कममा नै कम्पनीको कारोबार खुलेको हो । नेप्सेले यस कम्पनीको पहिलो कारोबारको लागि ९३.०४ रुपैयाँदेखि २७९.१२ रुपैयाँसम्मको ओपनिङ्ग रेन्ज तोकेको थियो ।
भिजन लुम्बिनी उर्जाको पनि आज पहिलो कारोबार प्रति कित्ता ३६५.३० रुपैयाँमा भएको छ । नेप्सेले दिएको ओपनिङ रेञ्जको उच्चतम् मूल्य ३६५.३० रुपैयाँमा नै कम्पनीको कारोबार खुलेको हो । नेप्सेले यस कम्पनीको पहिलो कारोबारको लागि १२१.७८ रुपैयाँदेखि ३६५.३४ रुपैयाँसम्मको ओपनिङ्ग रेन्ज तोकेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस