Like us!
Follow us!
Connect us!
Watch us!

नारायणकाजीले गोरखाको सुलिकोटमा भने आगामी पुसमा वामपन्थीको सरकार बन्दैछ

सोमबार, २० कार्तिक २०७४, १८ : ४९ मा प्रकाशित

नारायणकाजीले गोरखाको सुलिकोटमा भने आगामी पुसमा वामपन्थीको सरकार बन्दैछ

अर्थ संसार, काठमाडौँ – नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर २ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) ले नयाँ नेपाल निर्माण गर्न बामपंथी उम्मेदवार लाई बिजयी गराउन आग्रह गर्नुभएको छ ।

गोरखाको सुलिकोट ३ स्वारा खार्चोक भन्ज्याङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले बामपंथीहरु कै कारण नयाँ संविधान बनेको बताउदै परिवर्तन, विकास र आर्थिक समृद्धिको लागि बामपंथीलाई जिताउनुको विकल्प नभएको बताउनुभयो ।

गोरखाका जनता बिच अहिले परिवर्तन, विकास र समृद्धि रोज्ने कि यथास्थिति रोज्ने ? दुई ओटा विकल्प रहेको बताउदै बामपंथी गठ बन्धनका साझा उम्मेदवार श्रेष्ठले बाम गठबन्धन लाई मतदान गरि बिजयी गराउन अपिल गर्नुभयो ।
पुसमा कम्युनिष्ट सरकार बन्ने पक्का छ श्रेष्ठले भन्नुभयो अब देश समाजवादको दिशामा जान्छ ।

बहुमत जनता कम्युनिष्ट भएको स्मरण गर्दै श्रेष्ठले बामपंथी एक नहुदा देश विकास हुन नसकेको स्पष्ट पार्नुभयो ।
सबै बाम एक हुदैछन अब गाउँमुखी विकास गर्छौ श्रेष्ठले भन्नुभयो स् म निर्वा्चित भएपछी स्वारा, खार्चोक भन्ज्याङ क्षेत्रको मुख्य समस्या खानेपानी, बाटो, स्वास्थ, शिक्षा को समस्या समाधानको लागि पहल गर्छु ।

तत्कालीन जनयुद्ध को आधार इलाका रहेको क्षेत्र स्वारा खार्चोकमा आयोजित चुनावी सभामा श्रेष्ठले गोरखा जिल्ला कम्युनिष्ट, क्रान्तिकारी हरुको लालकिल्ला भएको बताउदै स्वारा खार्चोकका जनताको सतप्रतिसत मत गोलाकार भित्रको हसिया हथौड़ामा छाप लाग्ने बिश्वास व्यक्त गर्नुभयो ।

चुनावी सभामा नेकपा एमालेका नेता बिकल कुमार श्रेष्ठ, गोरखा जिल्ला क्षेत्र नम्बर दुईका प्रदेश सभा सदस्य उम्मेदवार अमर तमु, नेकपा माओवादी केन्द्रका सुलिकोट गाउँ पालिका अध्यक्ष बिष्णु भट्ट लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको