Like us!
Follow us!
Connect us!
Watch us!

भारतले नेपालसहित सात देशमा हटायो चामल निर्यातको प्रतिबन्ध

अर्थ संसार

विहीबार, ०२ कार्तिक २०८०, १२ : २७ मा प्रकाशित

भारतले नेपालसहित सात देशमा हटायो चामल निर्यातको प्रतिबन्ध

भारतले नेपालसहित सात देशमा गैर बासमती चामल निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।

भारतले यस अघि जुलाईमा लगाएको गैर बासमती चामल निर्यात प्रतिबन्धलाई खुकुलो बनाउँदै नेपालसहित क्यामरुन, मलेसिया, फिलिपिन्स, सिसेल्स, आइभोरी कोस्ट र गणतन्त्र गिनीमा निर्यात खुला गरेको हो । नेपालले अब भारतबाट ९५ हजार टन चामल निर्यात गर्न सक्नेछ । त्यहाँको विदेश व्यापार महानिर्देशनालयले सात देशमा गरी कुल १० लाख ३० हजार टन चामल निर्यात गर्ने अनुमति दिएको हो ।

भारतले यस अघिनै भुटान, सिङ्गापुर र मौरिससमा निर्यात खुला गरिसकेको थियो । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत विभिन्न अन्तर्राष्ट्रिय संगठन तथा विभिन्न देशका सरकारले प्रतिबन्ध हटाउन अनुरोध गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको