Like us!
Follow us!
Connect us!
Watch us!

वाम गठबन्धको घोषणापत्रले विकासको लहर ल्याएको छ – अध्यक्ष ओली

मंगलबार, २१ कार्तिक २०७४, १९ : ५७ मा प्रकाशित

वाम गठबन्धको घोषणापत्रले विकासको लहर ल्याएको छ – अध्यक्ष ओली

अर्थ संसार, काठमाडौँ–  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनले सार्वजनिक गरेको घोषणापत्र चुनावी मात्र नभएर देशको विकास गर्ने स्पष्ट खाका रहेको बताउनुभएको छ ।

वाम गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं ५ मा चुनावी प्रचारमा आयोजना गरेको कार्यक्रम आज अध्यक्ष ओलीले घोषणापत्रमा लोकतन्त्रको सुदृढीकरण, विकास र समग्र देशको समृद्धिको खाका तयार गरिएको बताउनुभयो ।

अध्यक्ष ओलीले वाम घोषणापत्रमा देशमा विकासको लहर, शान्ति र स्थायित्व दिने खालको रहेको र दुईदेखि पाँच वर्षमा नेपालमा कोही पनि भोकै हुनु नपर्ने योजना रहेको उल्लेख गर्नुभयो ।

एमाले महासचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार ईश्वर पोखरेलले आधा शताब्दी नेपाली राजनीतिमा लागेको र सोही क्षेत्रको विकासमा जीवन बिताएकाले निर्वाचन जित्ने दाबी गर्नुभयो ।

उहाँले एमाले र माओबादीबीच छिट्टै नै पार्टी एकीकरण हुने र सोहीअनुसार नै ठूलो उद्देश्य लिएर निर्वाचनमा होमिएको बताउनुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा प्रतिनिधिसभा उम्मेदवार तथा नेकपा (एमाले) महासचिव तथा ईश्वर पोखरेल, प्रदेशसभा (क) मा नारायणनबहादुर सिलवाल, प्रदेशसभा (ख) मा दीपक निरौला उम्मेदवार रहनुभएको छ ।

सो अवसरमा एमाले अध्यक्ष ओलीले नेपाली काँग्रेस परित्याग गरी टोखास्थिल सत्य साई टोल सुधार समितिका उपाध्यक्ष महेन्द्र केसीसहित एक दर्जन युवा एमालेमा प्रवेश गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको