Like us!
Follow us!
Connect us!
Watch us!

बारामा विद्यालयका प्रिन्सिपलमाथि गोली प्रहार

अर्थ संसार

सोमबार, १३ कार्तिक २०८०, १४ : १३ मा प्रकाशित

बारामा विद्यालयका प्रिन्सिपलमाथि गोली प्रहार

बाराको कलैयामा विद्यालयका प्रिन्सिपलमाथि गोली प्रहार भएको छ ।

स्थानीय बाल एकता अङ्ग्रेजी बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ । टाउको र छातीमा गोली लागेका रुपेशको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । उनको एलएस न्यूरो अस्पताल उपचार भइरहेको छ ।

दुई मोटरसाइकलमा आएका चार जनाको समूहले उनीमाथि गोली प्रहार गरेका थिए । गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको