Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री देउवा रिक्स जोनमा, डडेल्धुरामा वामगठबन्धन हावी

बुधबार, २२ कार्तिक २०७४, १५ : ३३ मा प्रकाशित

प्रधानमन्त्री देउवा रिक्स जोनमा, डडेल्धुरामा वामगठबन्धन हावी

अर्थ संसार, काठमाठौँ– चुनाव आउन एक महिनामात्रै बाँकी रहँदा डडेल्धुरा जिल्ला सदरमुकामसँगै गाउँबस्तीमा समेत चहलपहल बढेको छ ।

डडेल्धुरास्थित ठूला राजनीतिक दलका झण्डा र पर्चा पम्पलेटले सदरमुकाम बागबजार भरिभराउ भएको छ । झण्डा र पर्चा पम्पलेट र ब्यानरले जिल्ला सदरमुकामजस्तै गाउँबस्ती पनि रंगिचंगी भएका छन् ।

लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि चार पटक डडेल्धुराबाट लगातार चुनाव जित्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौँ पटकका लागि चुनाव लडिरहनुभएको छ । तर उहाँ वामगठबन्धनका साझा उम्मेदवार खगराज भट्ट नै भारी बन्नुभएको छ ।

गत स्थानीय तहको निर्वाचनको मतलाई आधार मान्ने हो भने वामगठबन्धन आठ हजार ५०० मतले अगाडि रहेको छ । २०४८ सालपछि लगातार निर्वाचन जित्दै आउन् भएका देउवा यस पटक भने रिक्स जोनामा रहेको र यसपटक डडेल्धुरामा वामगठबन्धनका साझा उम्मेदवार भट्ट विजयी हुने देखिएको छ ।

वाम घटकबाट नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य खगराज भट्ट प्रधानमन्त्री देउवासँग तेस्रो पटक चुनावी प्रतिष्पर्धा गरिरहनु भएको छ । माओवादी युद्धकालदेखि नै राजनीतिमा प्रवेश गर्नुभएका भट्ट यसपालि प्रधानमन्त्री देउवाको प्रभावक्षेत्र मानिएको डडेल्धुरामा आफ्नो जित निश्चित रहेको बताउनुहुन्छ ।
 
यसभन्दा पहिले २०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा माओवादीका पोलिटोब्यूरो सदस्य भट्ट अत्यधिक मतको फरकमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति देउवासँग चुनावमा हार ब्योहोर्नुभएको थियो ।

दुईवटा प्रदेश रहेको डडेल्धुरामा पहिलो प्रदेशबाट नेपाली काँग्रेस र वाम एकताका गरी चारजनाले प्रतिष्पर्धा गरिरहेका छन् भने दोस्रोमा काँग्रेस र वाम एकतासँगै चारजना चुनावी दौडमा रहेका छन् । राप्रपा र नयाँ शक्ति नेपालले भने सोमबार नै काँग्रेसलाई समर्थन गर्ने गरी मनोनयन फिर्ता लिएका छन् ।

डडेल्धुरामा स्थानीय निकायको चुनावी परिणामलाई हेर्दा लोकतान्त्रिक गठबन्धन काँग्रेसका तर्फबाट प्रधानमन्त्री देउवा र वाम घटकबाट माओवादी केन्द्रका भट्टको प्रतिष्पर्धा रहने देखिन्छ ।

डडेल्धुरामा प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनका लागि प्रदेश नं १ मा ३८ मतदानस्थल रहेका छन् भने ५९ मतदान केन्द्र रहेका छन् । त्यसैगरी, प्रदेश नं २ मा ३९ मतदानस्थल रहेका छन् भने ५८ वटा मतदान केन्द्र रहेका निर्वाचन कार्यालय डडेल्धुराका प्रमुख कृष्णसिंह नायकले जानकारी गराउनुभयो । स्थानीय निर्वाचनभन्दा करिब पाँच हजार ९५२ मतदातासमेत बढेको निर्वाचन कार्यालयले जनाएको छ ।

सातवटा मतदान केन्द्र थप भएका छन् । आलिताल गाउँपालिकामा तीन, अमरगढी नगरपालिकामा तीन र परशुराम नगरपालिकामा एक गरी मतदान केन्द्र थप भएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका प्रमुख नायकले जानकारी गराउनुभयो । प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा डडेल्धुराबाट ८१ हजार ७३२ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रदेश नं १ मा ४० हजार ४० र प्रदेश नं २ मा ४१ हजार ७३२ जना मतदाता रहेका छन् । डडेल्धुरा जिल्लाका ७७ मतदानस्थलका ११७ मतदान केन्द्रमा चुनावी चहलपहल बढेको छ । आआफ्ना पक्षमा वा चुनाव चिह्नमा मत माग्न उम्मेदवार तथा कार्यकर्ता लागि परेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको