Like us!
Follow us!
Connect us!
Watch us!

ट्याक्सीमा आएर लुटपाट मच्चाउने तीन पक्राउ

अर्थ संसार

मंगलबार, १४ कार्तिक २०८०, १९ : १५ मा प्रकाशित

ट्याक्सीमा आएर लुटपाट मच्चाउने तीन पक्राउ

ट्याक्सीमा आएर सुनका गहना तथा नगद लुट्ने तीन जना पक्राउ परेका छन् ।

काठमाडौं-९ सिनामंगलमा नजिर अन्सारीको साथमा रहेको नगद र सुनका गरगहना ट्याक्सीमा आएका तीन पुरुषले कार्तिक १२ गते जबर्जस्ती चोरेर लगेका थिए । चोरीमा संलग्न सिन्धुपाल्चोक घर भई हाल कौशलटार भक्तपुर बस्ने ३० वर्षीय मनोज थापा, गोरखा घर भई कलंकी बस्ने ३२ वर्षीय अर्जुन थापा र झापा घर भई हाल काठमाडौंको गौशाला बस्ने ३० वर्षीय सेखर भट्टराईलाई प्रहरीले कार्तिक १३ गते पक्राउ गरेको हो ।

पक्राउ पर्ने मध्ये थापाद्वय ट्याक्सी चालक रहेको र भट्टराईले डिआरटी सबरेमिट सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले ९६ हजार पाँच सय रुपैयाँ नगद पनि बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र उनीहरुलाई कारवाहीका लागि प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको