Like us!
Follow us!
Connect us!
Watch us!

‘मुलुकको आर्थिक अवस्थामा निकै चुनौती छ’

अर्थ संसार

विहीबार, १६ कार्तिक २०८०, १८ : ४४ मा प्रकाशित

‘मुलुकको आर्थिक अवस्थामा निकै चुनौती छ’

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको आर्थिक अवस्थामा निकै चुनौती रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेपालको अर्थतन्त्रलाई बलियो बनाउनका लागि कृषिलाई ध्यान दिएर स्पष्ट दृष्टिकोणका साथ अघि बढ्न जरुरी रहेको उल्लेख गरे ।

उनले भने, “देशको अवस्थालाई हेर्नुु छ भने विमानस्थलमा पुगेर हेर्नुपर्छ । विदेश गएर युवा कुन अवस्थामा छन् । देशको नेतृत्व गर्नेले कत्तिको देश र जनताप्रति इमान्दार भएर काम गरिरहेका छौँ त ?”

नेपालीले अनेकौँ चुनौतीको सामना गर्दै आएको बताउँदै अध्यक्ष नेपालले मुलुकको आर्थिक अवस्थामा निकै चुनौती रहेको र व्यवसायीमा पनि सङ्कट रहेको उल्लेख गरे। विप्रेषण पनि दैनिक उपभोग्य वस्तुमा खर्च भएको बताउँदै उनले योजना निर्माण र बजेट विनियोजनमा त्रुटी रहेको औँल्याए ।

“कृषिजन्य धेरै वस्तु आयात गरिरहेका छाँै । हामीले आफ्नै देशमा उत्पादन गर्न सक्ने चिज पनि बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । नेपालमै कृषि उत्पादन बढाउन राज्य चुकेको छ । भ्रष्टाचार गर्ने महारोगबाट नेपाललाई मुक्त गर्नुपर्छ”, अध्यक्ष नेपालले भने, “सरकारले राज्य प्रणालीलाई पारदर्शी बनाउनुपर्छ । इमान्दारिता, पारदर्शिता, जनताको पीडा र वेदनालाई महसुस गरेर अघि बढौँ ।”
इजरायलमा १० नेपाली विद्यार्थीको हत्या गरिएको घटनाप्रति दुःख व्यक्त गर्दै बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीलाई सकुसल फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्ने माग गरे। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको