Like us!
Follow us!
Connect us!
Watch us!

विषाक्त धुवाँका कारण नयाँदिल्लीमा विद्यालय बन्द

अर्थ संसार

शुक्रबार, १७ कार्तिक २०८०, ११ : ४६ मा प्रकाशित

विषाक्त धुवाँका कारण नयाँदिल्लीमा विद्यालय बन्द

विषाक्त धुवाँका कारण भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार विद्यालय बन्द गरिएको छ । विषाक्त धुवाँले नयाँदिल्लीका तीन करोड बासिन्दाको जीवन कष्टपूर्ण बनेको छ । 

किसानले जलाएको परालको धुवाँ, सवारी साधनबाट निस्कने धुवाँ र कारखानाको उत्सर्जनले हरेक जाडोयाममा राजधानी नयाँदिल्लीलाई घातक धुवाँले ढाक्छ । 

अनुगमन गर्ने संस्था आइक्यूएयरका अनुसार शुक्रबार सबैभन्दा खतरनाक पिएम२।५ कणहरूको स्तर विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेकोभन्दा दैनिक ३५ गुणा अधिक थियो । पिएम२।५ कण रक्त प्रवाहमा प्रवेश गर्नसक्ने अति सानो कण हो । 

नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार राजधानीका सबै प्राथमिक विद्यालय कम्तीमा दुई दिनका लागि बन्द रहने घोषणा गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको