Like us!
Follow us!
Connect us!
Watch us!

दिल्लीको एयर क्वालिटी इन्डेक्स खतरनाक श्रेणीमा

अर्थ संसार

आइतबार, ०४ कार्तिक २०८१, ०८ : ४१ मा प्रकाशित

दिल्लीको एयर क्वालिटी इन्डेक्स खतरनाक श्रेणीमा

भारतको राजधानी दिल्लीको एयर क्वालिटी इन्डेक्स खतरनाक श्रेणीमा पुगेको छ । 

प्रदुषणको स्तर मापन गर्ने आइक्यूएयरका अनुसार शनिबार बिहान दिल्लीको एयर क्वालिटी इन्डेक्स ४२७ रहेको छ । यो हाल विश्वकै कुनै पनि शहरको प्रदुषण स्तरमा सबै भन्दा बढी हो । यस्तो अवस्थामा आगामी दिनमा मानिसहरूलाई श्वासप्रश्वासमा थप समस्या हुन सक्ने चेतावनी दिइएको छ । 

दिल्लीमा १३ प्रदुषण हटस्पट छन् । दिल्ली सरकारले प्रदूषण न्यूनीकरणका लागि समन्वय समिति गठन गरेर धुलो प्रदुषण कम गर्न राजधानीमा ८० वटा मोबाइल एन्टी स्मोग गन राखिएको बतएको छ ।

दिल्लीपछि पाकिस्तानको लाहोर शहरको एयर क्वालिटी इन्डेक्स ४१२ रहेको छ । यस सूचीमा काठमाडौँको एयर क्वालिटी इन्डेक्स अहिले १६२ रहेको छ जुन अस्वस्थ्य मानिन्छ । 

१५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था (खतरनाक) मानिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको