Like us!
Follow us!
Connect us!
Watch us!

चौध शहरमा ओली र दाहालले सम्बोधन गर्ने

विहीबार, २३ कार्तिक २०७४, ११ : ०४ मा प्रकाशित

चौध शहरमा ओली र दाहालले सम्बोधन गर्ने

अर्थ संसार, काठमाडौं– आसन्न मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संयुक्तरुपमा देशका १४ प्रमुख शहरमा वाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ ।

ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुवै नेताले कात्तिक २९ देखि मंसिर ९ गतेसम्म विभिन्न १४ शहरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुने बताउनुभयो ।

पूर्वदेखि पश्चिममा महत्वपूर्ण शहरमा वाम गठबन्धनद्वारा आयोजना हुने चुनावी सभालाई उहाँहरुले सम्बोधन गर्नुहुनेछ ।

उहाँका अनुसार कात्तिक २९ गते गोरखा, कात्तिक ३० गते बागलुङ र स्याङ्जा, मंसिर २ गते दमक, ३ गते काँकडभित्ता र विराटनगर, मंसिर ५ गते चितवन, मंसिर ६ गते बुटवल र दाङ, मंसिर ७ गते सुर्खेत र दैलेख, मंसिर ८ गते कैलाली र कञ्चनपुर तथा मंसिर ९ गते पोखरामा सम्बोधन गर्नुहुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको