Like us!
Follow us!
Connect us!
Watch us!

आगलागीका घटनापछि हुन्डाईले फिर्ता बोलाउँदै आफ्ना गाडी, गाडीलाई घर बाहिरै पार्क गर्न सुझाव

अर्थ संसार

विहीबार, २३ कार्तिक २०८०, १४ : ५१ मा प्रकाशित

आगलागीका घटनापछि हुन्डाईले फिर्ता बोलाउँदै आफ्ना गाडी, गाडीलाई घर बाहिरै पार्क गर्न सुझाव

इन्जिन कम्पार्टमेन्टमा आगलागी हुने समस्या देखिएपछि हुन्डाईले बिक्री भएका आफ्ना लाखौं संख्याका गाडीलाई मर्मतका लागि कम्पनीमा फिर्ता बोलाउँदै छ ।

सन् २०१० देखि २०१९ सम्म उत्पादन गरिएका उक्त कम्पनीका गाडीहरुमा समस्या देखिएपछि फिर्ता बोलाउन लागिएको हो । इन्जिनमा समस्या देखिएका गाडीहरुमा हन्डेको सान्टा फे एसयुभीलगायत मोडेलहरु रहेका छन् । गाडीको एन्टी लक ब्रेक कन्ट्रोल मोड्युलबाट तरल पदार्थ चुहिएर गाडीमा सर्ट सर्किट भई आगलागी हुने समस्या देखिएको जनाइएको छ । रोकिरहेकै अवस्था वा गुडिरहेको अवस्थामा समेत गाडीमा आगलागी हुने गरेको अमेरिकाको राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासनले जनाएको छ ।

आगलागी हुने समस्या देखा परेपछि कम्पनीहरुले आफ्ना ग्राहकहरुलाई आफ्नो गाडी घरको संरचना भन्दा टाढा राख्न सुझाएका छन् । फिर्ता बोलाइएका गाडीहरुको एण्टी लक ब्रेक फ्युज डिलरहरुमार्फत सित्तैमा फेरिने पनि कम्पनीको भनाई छ । हुन्डाईले आफ्ना ग्राहकहरुलाई नोभेम्बर २१ देखि मर्मतका लागि कम्पनीमा ल्याउन सूचना पठाउन थाल्ने जनाएको छ ।

समस्याग्रस्त हुन्डाईका गाडीको मोडेलहरुमा सन् २०११ देखि २०१५ सम्म बनेका इलान्ट्रा, जिनेसिस कु र सोनाटा हाइब्रीड, २०१२ देखि २०१५ सम्म बनेका एसेन्ट, अजिरा र भेलोस्टेर, २०१३ देखि २०१५ सम्म बनेका इलान्ट्रा कु र सान्टा फे, २०१० देखि २०१२ सम्म बनेका भेराक्रुज, २०१० देखि २०१३ सम्म बनेका टक्सन, २०१५ टक्सन फ्युल सेल र २०१३ सान्टा फे स्पोर्टस रहेका छन् ।

समस्या देखिएकामध्ये नेपालमा उपलब्ध भएका मोडेलहरुमा सान्टा फे र टक्सन गाडी रहेका छन् । नेपालमा हुन्डाईको अधिकारिक बिक्रेता लक्ष्मी इन्टर कन्टीनेन्टल रहेको छ। 

नेपालको बिक्रेता लक्ष्मी इन्टर कन्टीनेन्टलका बासुदेव तिमल्सिनाले भने नेपालमा हाल सम्म तेस्तो कुनै पनि समस्या हालसम्म नदेखिएको बताएका छन्। 

एजेन्सीको सहयोगमा 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको