Like us!
Follow us!
Connect us!
Watch us!

हुन्डाईका गाडीमा गम्भीर सुरक्षा समस्या, गाडी चोर्न सिकाउने भिडियो सामाजिक सञ्जालमा भाइरल

अर्थ संसार

सोमबार, ०४ मंसिर २०८०, १३ : १२ मा प्रकाशित

हुन्डाईका गाडीमा गम्भीर सुरक्षा समस्या, गाडी चोर्न सिकाउने भिडियो सामाजिक सञ्जालमा भाइरल

विद्युतीय इम्मोबिलाइजर नराखेका हुन्डाई कम्पनीका गाडीहरु चोर्न च्यालेन्ज गर्ने भिडियोहरु टिकटकमा भाइरल भएपछि ती गाडीको सुरक्षामा गम्भीर प्रश्न उठेको छ ।

युट्युब र टिकटकजस्ता सामाजिक सञ्जालमा सामान्य युएसबी केबलका मद्दतले गाडीको सेक्युरिटी सिस्टम बाइपास गरेको भिडियोहरु भाइरल भएका थिए । भिडियोको प्रभावस्वरुप अमेरिकाको मिल्वकी शहरमा २०२० मा चार सय २६ गाडी चोरी भएकोमा सन् २०२१ मा उक्त संख्या बढेर ३४ सय ६ पुगेको थियो । किया च्यालेन्ज भनेर शुरु गरिएको उक्त टिकटक ट्रेन्ड पछि अमेरिकाको अर्को शहर स्प्रीङ्गफिल्डमा कार चोरीको आरोपमा तीन १४ वर्षीय, चार १५ वर्षीय बालक, दुई १६ वर्षीय बालक र एक १७ वर्षीय बालक पक्राउ परेका थिए ।

भाइरल भिडियो अनुसार हुन्डाई र कियाका निश्चित मोडेलका गाडीहरुको स्टेरिङ व्हिल मुनिको प्लास्टिकको काउल निकाली युएसबि केबल प्रयोग गरि गाडी चोरी गरिएका थिए । किया बोइज् नामक एक कुख्यात गाडी चोरी गर्ने समूहले उक्त समस्या पहिचान गरि भाइरल गराएका थिए ।

सुरक्षा समस्या देखिएका कियाका गाडीमा सन् २०११ देखि २०१५ सम्म बनेका एसेन्ट, रिओ, स्पोर्टेज, अप्टिमा, सोलेन्टो लगायतका मोडेलहरु छन् । यसैगरी सन् २०१५ देखि २०२१ सम्म बनेका हुन्डाईका इलान्ट्रा, सोनाटा, भेन्यु लगायतका गाडीहरु पनि चोरीको निशानामा परेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको