Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेलाई समयमा सूचना नदिँदा धौलागिरी लघुवित्तको सेयर कारोबार स्थगन

अर्थ संसार

शुक्रबार, २४ कार्तिक २०८०, १२ : १४ मा प्रकाशित

नेप्सेलाई समयमा सूचना नदिँदा धौलागिरी लघुवित्तको सेयर कारोबार स्थगन

सेयर मूल्य सेन्सेटिभ सूचना नेप्सेलाई समयमै जानकारी नगराउँदा धौलागिरी लघुवित्तको सेयर कारोबार नेप्सेले स्थगन गरिदिएको छ ।

लघुवित्तले कार्तिक २२ गते अपरान्ह ४ बजे नै सञ्चालक समितिको बैठक बसी आ.व. २०७९/८० को लाभांश घोषणा सम्बन्धी निर्णय गरेपनि नेप्सेलाई कार्तिक २३ गते मात्रै जानकारी दिएपछि सेयर कारोबार स्थगन गरिएको हो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) अनुसार धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था रहेकोले छ ।

उक्त विनियममा भएको व्यवस्था पालना नगरेकाले विनियमावलीको विनियम १६ (१) (ख) को व्यवस्था अनुरुप उक्त कम्पनीको धितोपत्रको कारोबार स्थगन गरिएको नेप्सेले जनाएको छ । नेप्सेले अब तीन कार्यदिन भित्र के कति कारणबाट समयमानै जानकारी दिन नसकेको हो भन्ने सम्बन्धमा स्पष्टिकरण पेश गर्न गर्न पनि धौलागिरी लघुवित्तलाई निर्देशन दिएको छ ।

शुक्रबारदेखि ११ दिनसम्म तिहार बिदाका कारण कारोबार नहुने हुँदा आम लगानीकर्तालाई कारोबार स्थगनले असर भने नगर्ने भएको छ । धौलागिरी लघुवित्तले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट करसहित १५ प्रतिशत लाभांश घोषणा गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको