Like us!
Follow us!
Connect us!
Watch us!

उत्तर कोरियाको मुद्धा चाँडै समाधान गर्न अमेरिकी राष्ट्रपतिको चीनलाई आग्रह

विहीबार, २३ कार्तिक २०७४, १२ : ५० मा प्रकाशित

उत्तर कोरियाको मुद्धा चाँडै समाधान गर्न अमेरिकी राष्ट्रपतिको चीनलाई आग्रह

अर्थ संसार, बेइजिङ–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको समस्या चाँडै समाधान गर्ने उपायका लागि चीनलाई आग्रह गर्नुभएको छ ।

हाल चीनको भ्रमणमा बेइजिङमा रहनुभएका उहाँले चिनियाँ राष्ट्रपति सि चिनफिङलाई सो अग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो– चीनले उत्तर कोरियाको समस्या समाधानका लागि जतिसक्दो चाँडै अग्रसरता लिओस र कडा मेहनेतका साथ काम गरोस भन्ने अमेरिका चाहन्छ ।

उहाँले समय छिटो छिटो अघि बढिरहेको छ तर उत्तर कोरिया भने आणविक सङ्कट झन चर्काउँदै छ, त्यसैले समाधानको बाटो पनि चाँडै खोजिनुपर्दछ ।

चिनियाँ राजधानी बेइजिङमा चीनका व्यापारिक प्रतिनिधिमण्डललाई सम्बोधनगर्दै उहाँले चीनलाई सो आग्रह गर्नुभएको हो । उहाँ बुधबार चीन पुग्नुभएको हो ।

राष्ट्रपति ट्रम्पले सो सम्बोधनका क्रममा भन्नुभयो– मैले तपाईंहरुका महान राष्ट्रपतिलाई यो भनिरहेको छु कि जतिसक्दो चाँडै कोरिया सङ्कट समाधानको पहल होस् समय धेरै अघि बढिसकेको छ ।

आज राष्ट्रपति ट्रम्पले विभिन्न मञ्चलाई सम्बोधन गर्नुहुने कार्यक्रम तय गरिएको छ । उहाँले यहाँका नेता तथा उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

आफ्नो यस एसिया भ्रमणका क्रममा प्राय उत्तर कोरियाका विरुद्धमा उहाँ निकै आक्रामक बन्दै आउनुभएको छ । राष्ट्रपति ट्रम्पले बुधबार मात्र पनि दक्षिण कोरियाली संसदलाई सम्बोधन गर्दै उत्तर कोरियालाई क्रुर एवम् तानाशाहको संज्ञा दिनुभएको थियो ।

उहाँले उत्तर कोरियालाई एक्लो बनाउन विश्वका सबै देशलाई आग्रह पनि गर्नुभयो । उहाँले चीनलाई पनि उत्तर कोरियाका कारणले विश्वमा मानवीय सभ्यता र शान्तिमाथि नै धावा बोलिरहेको अवस्थामा उसलाई साथ नदिन आग्रह गर्नुभएको थियो ।

सो आग्रह राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति चिनफिङसँगको भेटका क्रममा पनि दोहो¥याउनुभएको थियो । उहाँले चीनका व्यापारिक प्रतिनिधिमण्डल हुन् वा जुनसुकै मञ्चलाई सम्बोधन गर्ने क्रममा पनि सो धाराण राख्ने गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले मङ्गलबार मात्र पनि उत्तर कोरियालाई आफ्ना सबै परमाणु हतियारहरु परित्याग गरेर वार्ताको टेबलमा आउन र सबै विषयमा छलफल गर्न आह्वान गर्नुभएको थियो ।

राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा मङ्गलबार मात्र गर्नुभएको सम्बोधनमा अमेरिकाले प्योङयाङका विरुद्धमा सेना परिचालन गर्ने अवस्था नआओस भनेर पनि सोचिरहेको स्पष्ट गर्नुभएको थियो ।

कोरियाली प्रायद्वीप र अफगान मुद्धामा समन्वय हुन्छ– राष्ट्रपति चिनफिङ

यसैबीच चिनियाँ राष्ट्रपति सि चिनफिङले कोरियाली प्रायद्वीप र अफगानिस्तानको मुद्धामा चीनले अमेरिकासँग समन्वय गर्ने बताउनुभएको छ ।

बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि राष्ट्रपति चिनफिङले भन्नुभयो– ती विषयमा राष्ट्रपति ट्रम्पसँग कुराकानी भएको छ र हामी त्यसमा साथसाथमै काम गर्न तयार छौँ ।

बिहीबार उहाँहरुबीचको भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम विश्वकै लागि समस्या बनेकोले समाधानका लागि पहल गर्न चीनलाई आग्रह गर्नुभएको बताइएको थियो ।

उत्तर कोरियाका विषयमा विश्वका दुई प्रमुख शक्तिराष्ट्र अमेरिका र चीनले गरेको यस वार्तालाई विश्वमा निकै चासोपूर्ण रुपमा हेरिएको छ । रासस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको