Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकले राख्यो मंसिर महिनाका ब्याजदर स्थिर

अर्थ संसार

विहीबार, ३० कार्तिक २०८०, १० : १३ मा प्रकाशित

नेपाल बैंकले राख्यो मंसिर महिनाका ब्याजदर स्थिर

नेपाल बैंकले मंसिर महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ। कार्तिकको तुलनामा बैंकको मंसिर महिनाको मुद्दति निक्षेपको ब्याजदर स्थिर रहेको छ भने साधारण बचतमा भने परिवर्तन भएको छ। 

बैंकले जारी गरेको सूचना अनुसार मंसिर महिना देखि साधारण बचत खातामा न्यूनतम ४.५८५ प्रतिशतदेखि अधिकतम ६.५८५ प्रतिशत ब्याजदर प्रदान गरिने छ  । तेस्तै साधारण रेमिट्यान्स बचतमा भने ७.५८५ प्रतिशत ब्याज प्रदान गरिनेछ । कात्तिक महिनामा बैंकले ४.२२४ प्रतिशत देखि ६.२२४ प्रतिशत दिदैं आएको थियो भने  रेमिट्यान्स खातामा ८.२२४ प्रतिशत ब्याजदर रहेको थियो। 

बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम जम्मा ९.२२४  प्रतिशत ब्याजदर तय गरेको छ ।  मुद्दति निक्षेप मै संस्थागत निक्षेपकर्ताले भने ७.२२४ प्रतिशत ब्याज पाउने छन् ।बैंकले रेमिट्यान्स बचत खातामा  १०.२२४ प्रतिशत ब्याजदर तय गरेको छ। 

बैंकका सूचनाका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम तिकिनेछ। बैंकको हाल आधार दर भने ९.६५ प्रतिशत रहेको छ। 

बैंकले कात्तिकसम्म भने व्यक्तिगत मुद्दति खातामा ९.२२४  र  संस्थागतमा ७.२२४ प्रतिशत ब्याज दिंदै आएको थियो । 

हेर्नुहोस सूचना 

65559e33435ba.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको