Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंककाे साधारण सभा सम्पन्न, लाभांशसँगै यी एजेन्डा पारित

अर्थ संसार

शुक्रबार, २९ पुस २०७९, १५ : ३३ मा प्रकाशित

नेपाल बैंककाे साधारण सभा सम्पन्न, लाभांशसँगै यी एजेन्डा पारित

नेपाल बैंक लिमिटेडको ६३औँ वार्षिक साधारण सभा आज पौष २९ गते, शुक्रबार बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौँमा सम्पन्न भएको छ ।

सभामा बैंककाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई २ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि समेत गरी १० प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ ।

यसका साथै, सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, बैंकको प्रबन्धपत्र/नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरूबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताववहरू पनि पारित गरिएकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको