Like us!
Follow us!
Connect us!
Watch us!

नाफामा उल्लेखनीय वृद्धि, तर नेपाल बैंकको लाभांश सपना फेरि टर्यो

अर्थ संसार

विहीबार, २९ साउन २०८२, ०८ : ३२ मा प्रकाशित

नाफामा उल्लेखनीय वृद्धि, तर नेपाल बैंकको लाभांश सपना फेरि टर्यो

आर्थिक वर्ष २०८१/८२ मा नेपाल बैंक लिमिटेडले नाफाको ग्राफ माथि त उठाउन सफल भयो, तर लगानीकर्ताले पर्खिरहेको लाभांश वितरणको सम्भावना भने यसपटक पनि टरेको छ। बैंकले ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएर अघिल्लो वर्षको तुलनामा ३२.६५ प्रतिशतको वृद्धि गरेको छ। अघिल्लो वर्षको नाफा २ अर्ब ८४ करोड ४२ लाख रुपैयाँ मात्र थियो।


ब्याज र शुल्क आम्दानी दुवैमा बृद्धि

पछिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी १० अर्ब ८ करोड ७१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १६.८२ प्रतिशत बढी हो।
यस्तै, शुल्क तथा कमिसन आम्दानी पनि ६.०७ प्रतिशत बढेर १ अर्ब १७ करोड ४९ लाख रुपैयाँमा पुगेको छ।
कुल सञ्चालन आम्दानीमा १५.६५ प्रतिशतको वृद्धि भएको छ र सञ्चालन नाफा त झन् ६९२ प्रतिशतको उछालका साथ ५ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ।


लाभांश नआउने पक्का, किनकि…

बैंकको वितरणयोग्य नाफा अझै ४४ करोड ९० लाख रुपैयाँ ऋणात्मक छ। यसैले, यस वर्ष पनि लगानीकर्ताले लाभांश पाउने आशा गर्न सक्ने अवस्था छैन।
अघिल्लो वर्ष पनि वितरणयोग्य नाफा ऋणात्मक (९६ करोड ५० लाख रुपैयाँ) नै थियो, जसले लाभांश वितरणमा अवरोध पुर्याएको थियो।


निक्षेप–कर्जा वृद्धिको अवस्था

असार मसान्तसम्म बैंकको निक्षेप १७.२८ प्रतिशत बढेर ३ खर्ब ३२ अर्ब रुपैयाँमा पुगेको छ। कर्जा लगानी पनि १३.८८ प्रतिशत बढ्दै २ खर्ब २१ अर्ब ७० करोड रुपैयाँमा पुगेको छ।
अघिल्लो वर्ष निक्षेप २ खर्ब ८३ अर्ब र कर्जा लगानी १ खर्ब ९४ अर्ब मात्र थियो।


वित्तीय सूचकांक र जोखिम संकेत

प्रतिसेयर आम्दानी (EPS) २५.६८ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ०.१९ रुपैयाँको तुलनामा ठूलो सुधार हो।
प्रतिसेयर नेटवर्थ २५९.८१ रुपैयाँ, मूल्य–आम्दानी अनुपात ११.३५ गुणा, रिटर्न अन इक्विटी १०.२२ प्रतिशत छ।
तर, खराब कर्जा ४.३३ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत पुगेको छ, जसले जोखिम संकेत पनि देखाएको छ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको