Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकका अध्यक्ष डिल्लीराज शर्माले दिए राजीनामा

अर्थ संसार

शुक्रबार, २५ बैशाख २०८३, ०७ : ०४ मा प्रकाशित

नेपाल बैंकका अध्यक्ष डिल्लीराज शर्माले दिए राजीनामा

नेपाल बैंकका अध्यक्ष प्रा. डा. डिल्लीराज शर्माले पदबाट राजीनामा दिएका छन् । सरकारी नीतिअनुसार सार्वजनिक संस्थानमा राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरूलाई पदमुक्त गर्ने निर्णय आएपछि उनले अध्यक्ष पद छाडेका हुन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार शर्माले सरकारको नीतिप्रति समर्थन जनाउँदै राजीनामा बुझाएका हुन् । पछिल्लो समय सरकारले सार्वजनिक संस्थान तथा सरकारी निकायमा राजनीतिक नियुक्तिका विषयमा कडाइ गर्दै विशेष व्यवस्था लागू गरेपछि विभिन्न संस्थानमा नेतृत्व परिवर्तनको क्रम सुरु भएको छ ।

नेपाल बैंकमा अध्यक्षको जिम्मेवारी सम्हालिरहेका शर्मा बैंकको सञ्चालक समितिको नेतृत्वमा थिए । उनको राजीनामासँगै अब बैंकको अध्यक्ष पद रिक्त भएको छ भने नयाँ अध्यक्ष नियुक्तिका लागि प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको