Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको खुद नाफा ३२२.९८%ले बढयो, वितरणयोग्य प्रति सेयर आम्दानी नै २५. ८० रुपैयाँ

अर्थ संसार

बुधबार, ०७ कार्तिक २०८१, ०७ : ५१ मा प्रकाशित

नेपाल बैंकको खुद नाफा ३२२.९८%ले बढयो, वितरणयोग्य प्रति सेयर आम्दानी नै २५. ८० रुपैयाँ

नेपाल बैंक लिमिटेडले यस आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको सबै सूचकमा उल्लेख्य सुधार देखिएका छन्। 

खुद नाफा 

नेपाल बैंकले खुद नाफा बढाएको छ। बैंकले यस आर्थिक वर्षको पहिलो ३ महिनामा ६० करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस ३२२.९८ प्रतिशतले बढेको हो।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १४ करोड २३ लाख मात्र बैंकको खुद नाफा रहेको थियो।

कसरी बढ्यो नाफा ?

बैंकको इम्पेरमेन्ट चार्ज घटाएर सञ्चालन मुनाफा बढाउन सफल हुँदा बैंकको खुद नाफा बढ्न पुगेको हो।

खुद ब्याज आम्दानी र झुद फि तथा कमिसन 
बैंकको ब्याजदर घटे संगै बैंकको खुद ब्याज आम्दानी ०.४३ प्रतिशतले खुम्चिएको छ। बैंकले यस आर्थिक वर्षमा २ अर्ब २० करोड ब्याज आम्दानी गरेको छ जुन गत वर्ष २ अर्ब २१ करोड रहेको थियो। तेस्तै खुद फि तथा कमिशन आम्दानी पनि ७.०३ प्रतिशतले घटेको छ। 

कुल संचालन आम्दानी 

नेपाल बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ०.०८ प्रतिशतले सामान्य घटेको छ। गत वर्षको पहिलो ३ महिनामा २ अर्ब ६४ करोड ९४ लाख रहेको आम्दानी थोरै घटेर २ अर्ब ६४ करोड ७४ लाखमा समिति बनेको छ। 

सञ्चालन मुनाफा

बैंकले आफ्नो सञ्चालन मुनाफामा भने ५६४.६१ प्रतिशतको उछाल ल्याएको छ । बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड मात्र गरेको मुनाफा अहिले बढेर ६९ करोड पुराएको छ। 

इम्पेरमेन्ट चार्ज
बैंक इम्पेरमेन्ट चार्ज झार्न सफल बनेको छ। बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ रहेकोमा यो वर्ष घटाएर ६८ करोड ८४ लाख रुपैयाँमा झारेको छ। 

वितरणयोग्य मुनाफा
९४ करोड ७९ लाख रुपैयाँ

वितरणयोग्य प्रति सेयर आम्दानी
२५ रुपैयाँ ८० पैसा

प्रति सेयर आम्दानी
१६ रुपैयाँ ३९ पैसा

प्रति सेयर नेटवर्थ
२६४ रुपैयाँ ७१ पैसा

मूल्य आम्दानी अनुपात
१७.९८ गुणा

चुक्ता पूँजी
१४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको