Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक मन्दीका कारण सर्वसाधारणले हल्का पेय उपभोग गर्न छाडे, बोटलर्स नेपाल तराईको नाफामा पहिरो

अर्थ संसार

शुक्रबार, ०१ मंसिर २०८०, ०७ : ४८ मा प्रकाशित

आर्थिक मन्दीका कारण सर्वसाधारणले हल्का पेय उपभोग गर्न छाडे, बोटलर्स नेपाल तराईको नाफामा पहिरो

देशमा देखिएको आर्थिक मन्दीका कारण सर्वसाधारणले हल्का पेय उपभोग गर्न छाडेको देखिएको छ। बोटलर्स नेपाल (तराई) लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेसंगै यो तथ्य देखा परेको हो। उपभोगताले आफ्नो उपभोग घटाए संगै कम्पनीको नाफामा यसले असर गरेको देखिन्छ। 

हेर्नुहोस कम्पनीका सूचक 

खुद नाफा 

बोटलर्स नेपाल (तराई) ले यस त्रैमास सम्म १३ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३१ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८ प्रतिशतले नाफा घटेको देखिएको छ। 

बिक्री आम्दानी

कम्पनीको बिक्री आम्दानी २ अर्ब ४६ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्षको यहिँ अवधिमा कम्पनीको बिक्रि आम्दानी २ अर्ब ९९ करोड २६ लाख रहेको थियो। यो आम्दानी १७.५१ प्रतिशतले घटेको हो। 

कुल नाफा 

बिक्री आम्दानी घट्दा कुल नाफामा असर गरेको छ। कम्पनीको त्रैमास सम्म कुल नाफा ७२ करोड २ लाख मात्र देखिएको छ जुन गत वर्ष ८९ करोड ३ लाख देखिएको छ।यो  १९.११ प्रतिशत घटेको हो।

अन्य सञ्चालन आम्दानी

५६.४१ प्रतिशतले घटेर ६४ लाख ६१ हजार मात्र रहेको छ। 

सञ्चालन मुनाफा
सञ्चालन मुनाफा पनि घटेर २२ करोड २३ लाख रहेको छ जुन ४४.२७ प्रतिशत घटेको हो ।

प्रति सेयर आम्दानी

६०७ रुपैयाँ ४४ पैसा घटेर ४३९ रुपैयाँ ७९ पैसा भएको छ। 

प्रति सेयर नेटवर्थ
३ हजार २३५ रुपैयाँ

मूल्य आम्दानी अनुपात
२९ गुणा

चुक्ता पूँजी
१२ करोड १० लाख रुपैयाँ

जगेडा कोष
३ अर्ब ७९ करोड २९ लाख रुपैयाँ सञ्चित रहेको छ।

 

 

6556ca029dd54.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको