Like us!
Follow us!
Connect us!
Watch us!

१६.८३ प्रतिशतले घट्याे बोटलर्स नेपाल (तराई) को नाफा, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

मंगलबार, २९ कार्तिक २०७९, १३ : ४७ मा प्रकाशित

१६.८३ प्रतिशतले घट्याे बोटलर्स नेपाल (तराई) को नाफा, प्रतिसेयर आम्दानी कति ?

बोटलर्स नेपाल (तराई) ले चालु आर्थिक वर्षको पहिलाे त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेकाे छ । 

पहिलो त्रैमाससम्ममा कम्पनीले ३१ करोड ६७ लाख ८८ हजार रुपैयाँ मात्रै खुद मुनाफा कमाएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १६.८३ प्रतिशतले घटेकाे हो । गत वर्ष यसै अवधिमा कम्पनीले ३८ करोड ९ लाख ५२ हजार रुपैयाँ कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी पनि बढेको छ । समिक्षा अवधिमा कम्पनीले उत्पादन बिक्रीबाट २ अर्ब ९९ करोड २६ लाख रुपैयाँ आम्दानी गरेकाे छ । गत वर्षकाे यसै अवधिमा कम्पनीले उत्पादन बिक्रीबाट २ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

त्यसैगरी, कम्पनीकाे चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ५१ करोड रुपैयाँ सञ्चित रहेकाे छ । कम्पनीको प्रतिसेयर आम्दानी १ हजार ४८ रुपैयाँ (वार्षिक) रहेकाे छ । कम्पनीकाे प्रतिसेयर नेटवर्थ ३ हजार ४ रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको