Like us!
Follow us!
Connect us!
Watch us!

बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई) ले एकैदिन साधारणसभा आवहान

अर्थ संसार

सोमबार, ०२ पुस २०८०, ०७ : ५० मा प्रकाशित

बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई) ले एकैदिन साधारणसभा आवहान

बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) ले एकैदिन साधारणसभा आवहान गरेको छ। दुवै कम्पनीले पुस २७ गते साधारण सभा बोलाएका हुन् । सभा सोल्टी होटल, ताहाचल, काठमाडौँमा तय गरिएको छ। 

समय भने दुबै कम्पनीको फरक रहेको छ बोटलर्स नेपाल (तराई) को सैतिसौँ वार्षिक साधारण सभा दिउँसो १२ बजे बोलाइएको छ ने बोटलर्स नेपालको दिउँसो ४ बजे शुरु हुने भनिएको छ।

बोटलर्स नेपाल (तराई) को साधारण सभाले प्रति सेयर ६० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु यी कम्पनीहरुका सभाले पारित गर्नेछ।

तेस्तै बोटलर्स नेपालको साधारण सभामा गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु यी कम्पनीहरुका सभाले पारित गर्नेछ। कम्पनीले लाभांशको कुनै प्रस्ताव सभामा पेश गरेको छैन। 

साधारण सभा प्रयोजनार्थ यी दुबै कम्पनीले पुस २० गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा भाग लिन तथा कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको