Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्र सुधारका लागि आज बृहत् बैठक बस्दै, कस्तो प्याकेज आउँला ?

अर्थ संसार

सोमबार, ०४ मंसिर २०८०, ०६ : ४३ मा प्रकाशित

अर्थतन्त्र सुधारका लागि आज बृहत् बैठक बस्दै, कस्तो प्याकेज आउँला ?

प्रधानमन्त्री पुष्पकमल दाहालले जनाए अनुसार आज अर्थतन्त्र सुधारको लागि ठोस प्याकेज घोषणा गर्नेगरी बृहत् बैठक हुँदैछ ।

तनहुँको आँबुखैरेनीमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल गर्न मङ्सिर ४ गते बृहत बैठक बोलाइएको बताएका थिए । बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुने दाहालको भनाई थियो । बैठकको मोडालिटी तथा सहभागी बारे भने दाहालले केही उल्लेख गरेनन् ।

अर्थतन्त्र मन्दीउन्मुख हुँदा पछिल्लो समय व्यापारी वर्गबाट सरकारको चरम आलोचना हुँदै आएको छ । उच्च ब्याजदर तथा गिर्दो मागलाई सम्बोधन गर्न उच्च राजनीतिक तहबाटै हस्तक्षेप हुनुपर्ने व्यापारीले माग गर्दै आएका छन् । प्रम दाहालले भने आफूले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण रहे पनि अहिले सुधार भइरहेको जिकिर गरेका थिए ।

दाहालले आफूले अन्तर्राष्ट्रिय मञ्चबाट पर्यटन प्रबर्द्धन गरेको बताउँदै त्यसपछि इतिहासकै उच्च संख्यामा पर्यटक आवागमन भएको पनि दाबी गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको