Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्र सुधारका लागि मङ्सिर ४ गते बृहत् बैठक बोलाइएको प्रम दाहालको भनाई

अर्थ संसार

शुक्रबार, ०१ मंसिर २०८०, १५ : १३ मा प्रकाशित

अर्थतन्त्र सुधारका लागि मङ्सिर ४ गते बृहत् बैठक बोलाइएको प्रम दाहालको भनाई

प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र सुधारको लागि ठोस प्याकेज घोषणा गर्नेगरी मङ्सिर ४ गते बृहत् बैठक बोलाइएको बताएका छन् ।

तनहुँको आँबुखैरेनीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै दाहालले अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल गर्न बृहत बैठक बोलाइएको जनाएका हुन् । उनले आफूले संयुक्त राष्ट्रसंघलगायत मञ्चबाट पर्यटन प्रबर्द्धनका अपील गरेको बताउँदै त्यसपछि इतिहासमै सर्वाधिक उच्च संख्यामा देशमा पर्यटक भित्रिएको पनि बताए ।

यसै क्रममा प्रम दाहालले आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको आँबुखैरेनी अस्पताल उद्घाटन गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको