Like us!
Follow us!
Connect us!
Watch us!

मङ्गलबार दोहोरो अङ्कले घट्यो बजार, कारोबार पनि घट्यो

अर्थ संसार

मंगलबार, ०५ मंसिर २०८०, १५ : ११ मा प्रकाशित

मङ्गलबार दोहोरो अङ्कले घट्यो बजार, कारोबार पनि घट्यो

मङ्गलबार सेयरबजार दोहोरो अङ्कले घटेको छ । अघिल्लो दिन झिनो अङ्कले बढेको बजार आज भने १.२८ प्रतिशतले घटेर बन्द भएको छ ।

मङ्गलबार २३.८२ अङ्कले घटेर नेप्से परिसूचक १८२९.६५ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल १ अर्ब ९ करोड ९३ लाख १८ हजार २९ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने घटेर ९५ करोड ४ लाख ७९ हजार ५ सय ८३ रुपैयाँ पुगेको छ । आज बजार सँगै कारोबार रकम पनि घटेको हो  ।

आज सर्वाधिक कमाउनेतर्फ मेन्छियाम हाइड्रो, बिपिडब्ल्यु लघुवित्त र सयपत्री हाइड्रो रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये माथिल्लो मैलुङ खोला हाइड्रो, ग्लोबल आएमई लघुवित्त र उपकार लघुवित्त र नेस्डो लघुवित्त रहे । ती कम्पनीको सेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घट्यो ।

आज उत्पादन उपसूचक सर्वाधिक ३.१२ प्रतिशतले घट्दा होटल तथा पर्यटन उपसूचक २.६२ प्रतिशत र माइक्रोफाइनान्स उपसूचक २.८९ प्रतिशत घट्यो । आज म्युचुअल फन्ड उपसूचक मात्रै बढ्न सक्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको