सेयर मूल्य सेन्सेटिभ सूचना नेप्सेलाई समयमै जानकारी नगराउँदा स्थगन भएको धौलागिरी लघुवित्तको सेयर कारोबार मङ्सिर ५ गतेबाट फुकुवा भएको छ ।
लघुवित्तले कार्तिक २२ गते अपरान्ह ४ बजे नै सञ्चालक समितिको बैठक बसी आ.व. २०७९/८० को लाभांश घोषणा सम्बन्धी निर्णय गरेपनि नेप्सेलाई कार्तिक २३ गते मात्रै जानकारी दिएपछि सेयर कारोबार स्थगन गरिएको थियो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) अनुसार धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था रहेकोले छ ।
लघुवित्तले सर्भर मेलमा समस्या आएका कारण समयमा जानकारी गराउन नसकेको भन्दै नेप्सेलाई स्पष्टीकरण लेखेको थियो । कम्पनीले आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता पत्र पनि व्यक्त गरेको थियो । यसैको आधारमा धितोपत्र सूचीकरण विनियमावली, २०७५ का शर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै धितोपत्रको कारोवार रोक्का फुकुवा गरिएको नेप्सेले जनाएको छ ।
धौलागिरी लघुवित्तले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट करसहित १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस