Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल वेयरहाउजिङ कम्पनीद्वारा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याएको आइपिओ बाँडफाँड

अर्थ संसार

शुक्रबार, ०८ मंसिर २०८०, १० : ५३ मा प्रकाशित

नेपाल वेयरहाउजिङ कम्पनीद्वारा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याएको आइपिओ बाँडफाँड

नेपाल वेयरहाउजिङ कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याएको आइपिओ बिहीबार बाँडफाँड गरेको छ ।

कम्पनीले धितोपत्र बोर्डबाट आफ्नो जारी पुँजी ६८ करोड ७४ लाखको २० प्रतिशतले हुन आउने १३ करोड ४५ लाख रुपैयाँ बराबरको १३ लाख ४५ हजार कित्ता आइपिओ निष्कासनको अनुमति पाएको थियो । यसमध्ये १० प्रतिशतले हुन आउने एक लाख ३७ हजार पाँच सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्टाएको थियो जस अनुसार १३ हजार सात सय ५० जनालाई १० कित्ताका दरले आइपिओ बाँडफाँड गरिएको छ ।

आइपिओको नतिजा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेबसाईट तथा सिडिएससीको आइपिओको प्रकाशित गर्ने वेबसाईटमार्फत हेर्न सकिनेछ । प्रथम चरणको आइपिओ बाँडफाँड पछि कम्पनीले सर्वसाधारणका लागि आइपिओ जारी गर्नेछ । अब कम्पनीले कुल निष्कासनको ३ प्रतिशत कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषलाई र त्यसपछि बाकिँ ८२ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको