Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोत्तम सिमेन्टको आईपीओको प्रिअलोटमेन्ट सम्पन्न, यसै साता सेयर बाँडफाँड हुने

अर्थ संसार

आइतबार, २० फागुन २०८०, १७ : ४३ मा प्रकाशित

सर्वोत्तम सिमेन्टको आईपीओको प्रिअलोटमेन्ट सम्पन्न, यसै साता सेयर बाँडफाँड हुने

फागुन १३ गतेदेखि सर्वसाधारणलाई निष्काशन खुला गरेको सर्वोत्तम सिमेन्टको आईपीओको आइतबार प्रिअलोटमेन्ट भएको छ । 

प्रिअलोटमेन्ट सकिएसँगै यसै साता उक्त आइपिओ बाँडफाँड गर्ने तयारी भएको बिक्रि प्रबन्धकले जनाएको छ । फागुन १३ गतेदेखि सर्वसाधारणमा निष्कासन खुला गरिएको आइपिओमा मागभन्दा १९.३२ गुणा धेरै आवेदन परेको थियो । कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता सेयरका लागि आवेदन माग गरेकोमा पाँच लाख २४ हजार ७८ जनाले ५ करोड ३६ लाख ३३ हजार ९ सय ९० कित्ता सेयरका लागि आवेदन माग गरेका छन् । कम्पनीले प्रति कित्ता ३६०.९ रुपैयाँमा न्यूनतम ५० कित्ताका लागि आवेदन माग गरेको हो ।

योजना प्रभावित, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधारणलाई निष्काशन खुला गरेको हो । यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको