Like us!
Follow us!
Connect us!
Watch us!

जर्नादन शर्मालाई लक्षित गरी २ वटा बम प्रहार

शुक्रबार, २४ कार्तिक २०७४, १५ : १० मा प्रकाशित

जर्नादन शर्मालाई लक्षित गरी २ वटा  बम प्रहार

अर्थ संसार, रुकुम– पश्चिम रुकुममा विनाविभागीय मन्त्री तथा प्रतिनिधसभा सदस्यका उम्मेदवार जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी दुई वटा बम प्रहार भएको छ ।

पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ गोइरीमा विहान साढे ९ बजे विप्लव कार्यकर्ताहरुले शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार गरेका हुन् ।बम प्रहारबाट कुनै क्षति नभएको जनाइएको छ ।
बाम गठबन्धनको त

चौरजहारी उपत्यकाको चुनावी सभा, घेरदैलो र भेटघाट सकेर सानीभेरी गाउँपालिकाको सिम्ली आउँदै गरेको प्रचार टोली माथि सडकमाथिबाट सुतली बम प्रहार भएको  हो । बम कसले हानेको भन्ने पहिचान नभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम ९ पश्चिमका प्रमुख डिएसपी राजेन्द्रप्रसाद धमलाले घटनामा संलग्न समूह र व्यक्तिको खोजी भइरहेको बताए । बम नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले प्रहार गरेको आशंका गरिएपनि पुष्टि हुन सकेको छैन ।

यसैबीच उम्मेदवार शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी भएको बम प्रहारको कार्यप्रति एमाले–माओवादी पार्टी एकता संयोजन समिति रुकुम (पश्चिम)ले विरोध गरेको छ ।

5a05722cd6977.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको