समयमै वित्तीय विवरण नबुझाउने ८८ कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्पष्टीकरण सोधेको छ ।
धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम १ मा स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीले धितोपत्र बोर्डमा वित्तीय विवरण बुझाउनु पर्ने व्यवस्था छ ।उक्त विवरण ढिलो गरि बुझाउने ६९ वटा कम्पनीलाई ५० हजार रुपैयाँ र नबुझाएका १८ कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना किन नगर्ने भन्ने प्रश्न गर्दै १५ दिनभित्र जवाफ पेश गर्न भनेको छ ।
स्पष्टीकरण पर्नेमा एक-एक ट्रेडिङ र अन्य समूहबाट, दुई फाइनान्स, दुई जीवन बिमा कम्पनी, चार विकास बैंक, तीन होटल, तीन लगानी कम्पनी, चार उत्पादन कम्पनी, पाँच निर्जीवन बिमा, २४ लघुवित्त र ३९ हाइड्रोपावरहरु रहेका छन् ।
हेर्नुहोस कम्पनीको सूची
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस