Like us!
Follow us!
Connect us!
Watch us!

दोल्ती पावरले पहिलो त्रैमासिकमा कमायो ५८ लाख नाफा, इपिएस कति ?

अर्थ संसार

बुधबार, १३ मंसिर २०८०, ११ : ५४ मा प्रकाशित

दोल्ती पावरले पहिलो त्रैमासिकमा कमायो ५८ लाख नाफा, इपिएस कति ?

दोल्ती पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत उत्पादनबाट हुने आम्दानी बढेपछि हाइड्रोले ५८ लाख नाफा कमाएको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको खुद नाफामा वृद्धि भएको छ । यस त्रैमासमा कम्पनीको खुद नाफा ५८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनी १२ लाख रुपैयाँ घाटामा रहेको थियो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिमा कम्पनीले विद्युत व्यापारबाट ४ करोड १७ लाख आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट तीन करोड ५० लाख कमाएको थियो ।

वितरणयोग्य मुनाफा : ५८ लाख १२ हजार रुपैयाँ

प्रति सेयर आम्दानी : इपीएस यो त्रैमासमा एक रुपैयाँ ८ पैसा रहेको छ ।

मूल्य आम्दानी अनुपात : १८७.३५ गुणा (अन्तिम मूल्य : २०३ रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : ७८ रुपैयाँ ६० पैसा

चुक्ता पूँजी : ५३ करोड ६४ लाख रुपैयाँ

जगेडा कोष : ११ करोड ४८ लाख रुपैयाँले ऋणात्मक

कम्पनीले ४.५ मेगावाटको नामार्जुन दोल्ती हाइड्रोबाट विद्युत उत्पादन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको