Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको नाफामा ९६५.४०% को उछाल,लाभांश क्षमतामा सुधार

अर्थ संसार

बुधबार, २८ साउन २०८२, ०७ : ४५ मा प्रकाशित

प्रभु बैंकको नाफामा ९६५.४०% को उछाल,लाभांश क्षमतामा सुधार

प्रभु बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब ४४ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको ५१ करोड ८ लाख रुपैयाँ नाफाको तुलनामा ९६५.४० प्रतिशतले बढी हो।


ब्याज आम्दानी घट्यो, शुल्क आम्दानी बढ्यो

गत वर्ष बैंकको खुद ब्याज आम्दानी ३९.४६ प्रतिशतले घटेर ७ अर्ब १९ करोड रुपैयाँमा सीमित भयो। तर, खुद शुल्क तथा कमिसन आम्दानी भने १५.८१ प्रतिशतले बढेर २ अर्ब २१ करोड रुपैयाँ पुगेको छ।


कुल सञ्चालन आम्दानीमा कमी, तर सञ्चालन नाफामा ठूलो वृद्धि

समीक्षा वर्षमा बैंकको कुल सञ्चालन आम्दानी २७.२७ प्रतिशतले घटेर १० अर्ब ५७ करोड रुपैयाँमा पुगेको छ। तर, सञ्चालन नाफा भने ६०.८२ प्रतिशतले बढ्दै ६ अर्ब २८ करोड रुपैयाँमा पुगेको छ।


लाभांश क्षमतामा सुधार

गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ रहेको छ। यस आधारमा लाभांश क्षमता ४.४४ प्रतिशत रहेको देखिन्छ। अघिल्लो वर्ष यो नाफा ३ अर्ब २ करोड रुपैयाँ ऋणात्मक थियो।


पुँजी र जगेडा स्थिति

२३ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडामा १३ अर्ब ५५ करोड रुपैयाँ रहेको छ।


निक्षेप र कर्जामा वृद्धि

बैंकको निक्षेप संकलन १२.१८ प्रतिशतले बढेर ३ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४.२१ प्रतिशतले बढेर २ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ।


मुख्य वित्तीय सूचकांकहरू

  • EPS : २३.१२ रुपैयाँ (अघिल्लो वर्ष २.१७ रुपैयाँ)

  • प्रतिसेयर नेटवर्थ : १६२ रुपैयाँ

  • P/E अनुपात : ९.६० गुणा

  • खराब कर्जा अनुपात : ४.९६% (अघिल्लो वर्ष ४.९४%)

  • ROE : १४.९५%

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको