Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स स्पिनिङ मिल्सको रिपोर्ट : आईपीओ भर्नेहरु फस्दैछन, ९७.१६% ले घट्यो नाफा

अर्थ संसार

आइतबार, २३ असार २०८१, १० : ०७ मा प्रकाशित

रिलायन्स स्पिनिङ मिल्सको रिपोर्ट : आईपीओ भर्नेहरु फस्दैछन, ९७.१६% ले घट्यो नाफा

हामीले प्रश्न गरेका थियौं। रिलायन्स स्पिनिङ मिल्सको सर्वसाधारणलाई ल्याउँदै गरेको आइपिओमा केही न केही लोचा छ!

नियामकले पनि विधि र पद्धतिलाई नहेर्दै हतारिएर यस कम्पनीलाई  किन आइपिओ जारी गर्न स्वीकृति दियो भनेर हामीले प्रश्न गरेका थियौँ!

हो र आज त्यही रिलायन्स स्पेनिङ मिलले आज  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण सर्वसाधारणलाई झस्काउने खालको छ।

९७.१६ प्रतिशतले घटेको छ नाफा 

२०८० असार मसान्तसम्मको तुलनामा यस कम्पनीको नाफा ९७.१६ प्रतिशतले घटेको छ। कम्पनीले सार्वजनिक गरेको विवरणमा कम्पनीको चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीले २ करोड ६३ लाख रुपैयाँ नाफा मात्र आर्जन गरेको देखिन्छ। २०८० को असार मसान्तसम्म भने कम्पनीले ९२ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

संचलान मुनाफामा पनि भारि गिरावट 

कम्पनीको नाफा घटेपछि सर्वसाधारणलाई कम्पनी बोकाउन आरोप लागेको हो भन्ने आधार देखिन्छ। यस कम्पनीको  सञ्चालन मुनाफा पनि यस ९ महिनामा ६७.७७ प्रतिशतले घटेको छ।

असारसम्म कम्पनीको सञ्चालन मुनाफा ३९ करोड ९७ लाख रुपैयाँ रहेको छ। २०८० असार मसान्तसम्मको कम्पनीको सञ्चालन मुनाफा १ अर्ब २४ करोड ३ लाख रुपैयाँ देखिएको थियो। 

बिक्रि आम्दानीमा ३० प्रतिशतको घटाई  
कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी पनि ३०.०१ प्रतिशतले घटेको देखिएको छ। २०८० असार मसान्तसम्म कम्पनीको बिक्री आम्दानी १० अर्ब ५८ लाख रुपैयाँ थियो।जुन घटेर ७ अर्ब २१ लाख रुपैयाँमा पुगेको देखिन्छ।

ईपीएसमा भारी गिरावट 
कम्पनीको प्रति सेयर आम्दानी (ईपीएस)मा अचम्म तर डरलाग्दो तरिकाबाट घटेको छ। २०८० असार मसान्तसम्म ईपीएस ५४.३४ रुपैयाँ रहेकोमा चैतसम्म आइपुग्दा घटेर २.०८ रुपैयाँ पुगेको देखिन्छ। 

यस कम्पनीले असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्काशन गर्न लागेको छ ।बुक विल्डिङ प्रक्रियामा रहेको कम्पनीलाई नेपाल धितोपत्र बोर्डले ६० प्रतिशतले हुन आउने ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ निष्कासनका लागि स्वीकृती दिएको हो ।

जस मध्य पहिलो चरणमा कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेर  वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण सेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्काशन जारि गर्ने भनेको छ। 

योग्य संस्थागत लगानीकर्तालाई बुक विल्डिङ विधिबाट आईपीओ बिक्री गरिसकेको कम्पनीले गत माघ २३ गते धितोपत्र बोर्डमा निवेदन दिँदै सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न अनुमति मागेको थियो ।

यसको मूल्य ६०८ देखि ९१२ रुपैयाँसम्म प्रस्ताव गरिएको थियो । संस्थागत लगानीकर्ताले पेश गरेको बोलपत्रको आधारमा कम्पनीको कटअफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ तोकिएको थियो । कटअफ मूल्यमा अब १० प्रतिशत घटाएर ८२०.८० रुपैयाँ प्रतिकित्तामा सर्वसाधारणलाई आईपीओ निष्कासन हुनेछ ।

यसका साथै नेपाल विद्युत प्राधिकरणलाई विद्युत महसुलबापतकोे १ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम तिर्न बाँकी रहेको रिलायन्स स्पिनिङलाई प्रोभिजन नै गर्न नलगाई आर्थिक चलखेलका आधारमा मापदण्डविपरीत उच्च मूल्यमा बुक बिल्डिङमार्फत आइपीओ निकाल्न अनुमति दिइएकोे छ । 

यस रिपोर्टबाट  पुष्टि हुन्छ कि कम्पनीले आइपीओ निष्कासन गर्ने बेला उसले आफ्ना खर्च विवरणहरू लुकाएकोर अहिले उसले यस रिपोर्टमा समावेश गरेको हो भन्ने आधारहरु भेटिन्छ। 

उता धितोपत्र बोर्डको नियामक सेवनले पाइपलाइनमा यति धेरै कम्पनी हुँदा पनि यस कम्पनीलाई किन आइपीओ स्वीकृत गर्यो ? के यस कम्पनीमा आर्थिक चलखेल भएको छ ?अनुसन्धान हुनुपर्छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको