Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रिइन्स्योरेन्स आइपिओ मुद्दामा सर्वोच्चको आदेशमा के छ ?

अर्थ संसार

बुधबार, १३ मंसिर २०८०, १४ : ०९ मा प्रकाशित

हिमालयन रिइन्स्योरेन्स आइपिओ मुद्दामा सर्वोच्चको आदेशमा के छ ?

हिमालयन रिइन्स्योरेन्सको आइपिओ रोक्न परेको रिटमा अन्तरिम आदेश दिने बारे छलफल गर्न सर्वोच्चले मङ्सिर १८ गते दुवै पक्षलाई बोलाएको छ । मङ्सिर ८ गते यम प्रसाद भट्टराई र अधिवक्ता भीमसेन रायमाझीले रिइन्स्योरेन्सले प्रिमियममा जारी गरेको आईपीओ रोक्न रिट निवेदन दर्ता गरेका थिए । 

त्यसपछि मङ्सिर १२ गते सोमबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलाशले विपक्षीलाई कारण देखाउ आदेश दिएको थियो । निवेदकले गरेको माग बमोजिम आदेश जारी हुनु नपर्ने कारणसहित १५ दिन भित्र लिखित जवाफ पेश गर्न अदालतले विपक्षीलाई सूचना म्याद जारी गरेको छ । यसै गरि अदालतले अन्तरिम आदेशका विषयमा भने दुवै पक्ष राखी छलफल गर्न उपयुक्त देखिएको भन्दै मङ्सिर १८ गते छलफलका लागि बोलाएको हो । 

रिट निवेदनमा नेपाल धितोपत्र बोर्ड खुमलटार ललितपुर, नेपाल धितोपत्र बोर्डको संचालक समिति, नेपाल धितोपत्र बोर्डको अध्यक्ष रमेश कुमार हमाल, हिमालयन रिईन्स्योरेन्स लि., बीमा प्राधिकरण कुपण्डोल ललितपुर, बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल तथा बीमा प्राधिकरणको संचालक समितिलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको छ ।

6566f7dbded01.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको