Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड मोदी हाइड्रोले १:१ अनुपातमा हकप्रद जारी गर्ने

अर्थ संसार

विहीबार, १४ मंसिर २०८०, ११ : २३ मा प्रकाशित

युनाइटेड मोदी हाइड्रोले १:१ अनुपातमा हकप्रद जारी गर्ने

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ । 

कम्पनीको मङ्सिर १३ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद निष्कासनका लागि नियमनकारी निकायसँग स्वीकृति लिने र स्वीकृति प्राप्त भएपछि साधारणसभामा पेश गर्ने निर्णय गरेको जनाइएको छ । कम्पनीको उद्देश्य बमोजिम जलविद्युत आयोजनामा लगानी गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको पनि कम्पनीले जनाएको छ ।

कम्पनीको हालको चुक्ता पुँजी एक अर्ब २३ करोड पाँच लाख रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद जारी गरेपछि चुक्ता पुँजी दुई अर्ब ४६ करोड १० लाख रुपैयाँ पुग्नेछ । युनाइटेड मोदी कम्पनीले १० मेगावाटको तल्लो मोदी-१ र त्यसैको क्यास्केड योजना १०.५ मेगावाटको तल्लो मोदी-२ सञ्चालन तथा निर्माण गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको