Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाइफको हकप्रद सेयर बाँडफाँड

अर्थ संसार

सोमबार, ०९ भदौ २०८२, ११ : ०९ मा प्रकाशित

एशियन लाइफको हकप्रद सेयर बाँडफाँड

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत जेठ १६ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरूका लागि १ बराबर ०.४२ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर निष्कासन गरेकोमा १ कराड ३९ लाख २० हजार ८०० कित्ता सेयरका लागि मात्रै आवेदन परेको छ । रीतपूर्वक आवेदन दिएका २७ हजार ६२२ जना सेयरधनीहरूलाई भदौ ८ गते बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले हकप्रद सेयर बाँडफाँड गरेको हो । बाँडफाँडपछि कुल ३ लाख ५८ हजार ५१२.४८ कित्ता हकप्रद सेयर बाँकी बसेको छ जुन कम्पनीले लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्री गर्नेछ ।

साथै आफ्नो हकभन्दा बढी सेयर माग गरेर आवेदन दिएका सेयरधनीको हकमा बाँडफाँडमा नपरेको सेयर बापतको रकम भदौ ११ गतेदेखि सम्बन्धित बैंक खातामा फिर्ता पठाइने पनि कम्पनीले जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको