सिटी होटल लिमिटेडको हकप्रद सेयरमा आवेदन दिन अब ६ दिन मात्र बाँकी छ। कम्पनीले भदौ २३ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको थियो। कम्पनीको हकप्रद सेयरमा आवेदन दिने असोज १२ गते अन्तिम दिन भएपनि सो हकप्रदमा आवेदन दिने समय थप गरी अब असोज २६ गतेसम्म आवेदन दिने सकिनेछ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशतको दरले हकप्रद सेयर निष्कासन गर्दैछ। अर्थात्, हालको १० कित्ता सेयर बराबर ८ कित्ता नयाँ सेयरको अनुपातमा हकप्रद सेयर खुला गरिएको हो। यसअनुसार, कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ३३ लाख ९२ हजार कित्ता सेयर निष्कासन गर्दैछ, जसको कुल रकम १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबर हुन्छ।
हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो। यस अनुसार साउन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस