Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सले अवितरित हकप्रद सेयर लिलामीमा ल्याउँदै

अर्थ संसार

शुक्रबार, २० भदौ २०८२, ०७ : १३ मा प्रकाशित

नेपाल इन्स्योरेन्सले अवितरित हकप्रद सेयर लिलामीमा ल्याउँदै

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने घोषणा गरेको छ। कम्पनीले आगामी भदौ २७ गतेदेखि लिलामी प्रक्रिया सुरु गर्ने जनाएको छ।

यसअघि कम्पनीले साउन ६ गतेदेखि भदौ २ गतेसम्म १० बराबर ३.४७८३ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो। सो अवधिमा माग अनुसार आवेदन नपरेका सेयर अब लिलामीमार्फत बिक्रीमा ल्याउन लागिएको हो। कम्पनीका अनुसार संस्थापक समूहतर्फ १ लाख ९२ हजार ५७४ कित्ता र सर्वसाधारण समूहतर्फ ४ हजार ४६८.७६ कित्ता सेयर लिलामीमार्फत उपलब्ध गराइनेछ।

लिलामीमा सहभागी हुन चाहने लगानीकर्ताले असोज ५ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन्। न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ भने सो वा सोभन्दा बढी मूल्य उल्लेख गरेर मात्रै आवेदन दिन पाइनेछ। संस्थापक समूहका लागि कम्तीमा १ हजार कित्ता र सर्वसाधारण समूहका लागि कम्तीमा १०० कित्तादेखि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

यसभन्दा बढी आवेदन भने १० को गुणनमा मात्र दिन सकिनेछ। लिलामी प्रक्रियाको प्रबन्ध एनआईएमबि एस क्यापिटल लिमिटेडले गर्नेछ। लगानीकर्ताले बोलपत्र फाराम कम्पनीको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयसहित पोखराको चिप्लेढुङ्ग, बुटवलको ट्राफिकचोक, वीरगञ्जको आदर्शनगर र विराटनगरको गोल्छाचोक शाखाबाट प्राप्त गर्न तथा बुझाउन सक्ने व्यवस्था मिलाइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको