Like us!
Follow us!
Connect us!
Watch us!

नौ बीमा कम्पनीले गरे लाभांश घोषणा, शिखरको सबैभन्दा उच्च, कसको कति ? (सूचीसहित)

सोमबार, ०६ मंसिर २०७३, १३ : ३९ मा प्रकाशित

नौ बीमा कम्पनीले गरे लाभांश घोषणा, शिखरको सबैभन्दा उच्च, कसको कति ? (सूचीसहित)

अर्थ संसार
काठमाडौं–नयाँ आर्थिक बर्ष सुरु भएको ४ महिना वितिसक्दा ९ बीमा कम्पनीहरुले मात्र गत बर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । 

लाभांश घोषणा गर्ने बीमा कम्पनीमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै र प्रभु इन्स्सोरेन्सले सबैभन्दा कम लाभांश प्रस्ताव गरेका छन् । शिखरले ६० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । यसपछि नेशनल लाइफले ३० प्रतिशत बोसन सहित ३१.५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

प्रभु इन्स्योरेन्सले १७ प्रतिशत बोनस मात्रै प्रस्ताव गरेको छ । शेयर मार्केटमा उच्च मूल्यमा सेयर खरिदविक्री भइरहेका इन्स्योरेन्स कम्पनीहरु अधिकांशको लाभांश भने औषत मात्रै छ । अधिकांश कम्पनीले १५ देखि २५ प्रतिशतको बीचमा लाभांश घोषणा गरेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको