Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन इनर्जीको विद्युत उत्पादनबाट हुने आम्दानी घट्दा नाफामा पनि गिरावट, इपिएस कति

अर्थ संसार

शुक्रबार, १५ मंसिर २०८०, ११ : ३८ मा प्रकाशित

माउन्टेन इनर्जीको विद्युत उत्पादनबाट हुने आम्दानी घट्दा नाफामा पनि गिरावट, इपिएस कति

माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत उत्पादनबाट हुने आम्दानी घटेपछि हाइड्रोको नाफा पनि घटेको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको खुद नाफामा गिरावट आएको छ । यस त्रैमासमा कम्पनीको खुद नाफा २६ करोड ३६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नाफा २७ करोड ५७ लाख रुपैयाँ रहेको थियो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिमा कम्पनीले विद्युत व्यापारबाट ४५ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ४७ करोड २३ लाख कमाएको थियो ।

वितरणयोग्य मुनाफा : २६ करोड ३६ लाख रुपैयाँ

प्रति सेयर आम्दानी : इपीएस यो त्रैमासमा १३ रुपैयाँ ३९ पैसा रहेको छ । (वार्षिकीकरण नगरिएको)

मूल्य आम्दानी अनुपात : ५७.१३ गुणा (अन्तिम मूल्य : ७६५ रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : १७२ रुपैयाँ ९७ पैसा

चुक्ता पूँजी : एक अर्ब ९६ करोड ८० लाख रुपैयाँ

जगेडा कोष : एक अर्ब ४३ करोड ६१ लाख रुपैयाँ

कम्पनीले ५ मेगावाटको ताडीखोला प्रोजेक्ट र ४२ मेगावाटको मिस्त्रीखोला प्रोजेक्टबाट विद्युत उत्पादन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको